• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

प्रधानमन्त्री ओलीले फोन गरेर वधाइ दिएका गुल्मिका युवाको संसारमै बहुमुल्य बनस्पतीको खेती

"भण्डारीलाई बिभिन्न सामाजिक मिडियामा समाचार आएपछि प्रधानमन्त्री केपीशर्मा ओलीले फोन गरेर स्यावासी  "
  •    शुभेच्छा न्यूज  /१५ भाद्र २०७७, सोमबार २१:१७ ,  प्रकाशीत
  • रोजगारीको शिलसिलामा युवा विदेश पलायन हुने क्रम रोकिएको छैन् ।

    बरु रोजगारीका लागिग नयाँ नयाँ गन्तव्य खोजेको युवाहरु पलायन हुनेक्रम पनि बढदो छ । तर संसारमै बहुमुल्य बनस्पतीको खेती

    गरेर मनग्य आम्दानी गर्न सकिन्छ भन्ने कुरा थाहा पाएपछि यसको खेती सुरु गर्न थालेका छन् ।

    गुल्मीमा पनि एक युवाले सयौं रोपनी गमीनमा बहुमुल्य बनस्पती बोधिचित्त (बौद्धधर्माबलम्बीहरुले मालाको रुपमा प्रयोग गर्ने),

    श्रीखण्ड्, अगरउड, रुद्राक्ष,नामका बहुमुल्य बनस्पती रोपेका छन्।

    जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–२ निवासी दिलीप भण्डारीले नेपालमै बहुमुल्य बनस्पतीको खेती सुरु गरेका हुन् ।विगत

    पाँचवर्षदेखि बहुमूल्य काठको खेती शुरु गरेको भण्डारीले बताए ।

    नेपाली सेनाको जागिर छोडेर विश्वका महंगा बोटहरु के के हुन् कसरी राम्रो आम्दानी गर्न सकिन्छ भनेर खोज्दै जाँदा बहुमुल्य

    बनस्पतीको खेती गर्ने कुरा भेटाएँँ पछि सुरु गरेको भण्डारीको भनाई छ ।

    बहुमुल्य बनस्पतीको खेती कसरी गर्ने भनेर भारत, कतार, दुवइ बहराइन, ओमान र सिंगापुरमा अध्ययन गरेपछि यहाँ आएर बहुमुल्य

    बनस्पतीको खेती गरेको उनले बताए ।

    बिभिन्न ठाउँमा अध्ययन गरेपछि ४÷ ५ वटा घडेरी बेचेर रुद्राक्षका बिरुवा निःशल्क रुपमा बाँड्दै हिँडेको बताए ।

    बिभिन्न ठाउँमा अध्ययन र बिरुवाहरु लगाउदै जाँदा घडेरी बेचेर आएको रु ९३ लाख लगानी गरेको भण्डारीले बताए ।

    स्याङ्गजा, नुवाकोट, धादिङ्ग, गोरखा, चितवन, रसुवा र पाल्पामा ३ सय १२ हेक्टर जग्गामा ६ हजार रोपनी भन्दा धेरैमा विरुवा रोपेको भण्डारीको भनाई छ ।

    एक्लै संघर्ष गरेर युवा भण्डारीलाई बिभिन्न सामाजिक मिडियामा समाचार आएपछि प्रधानमन्त्री केपीशर्मा ओलीले फोन गरेर स्यावासी दिएका थिए ।

    प्रधानमन्त्रीले बहुमुल्य बनस्पतीको खेती गरेका युवालाई फोन गरेर यसको प्रचारप्रसार हरेक कुरामा साथ दिने बताएका थिए । बहुमुल्य

    बनस्पतीको खेती गरिरहेका युवाले प्रधानमन्त्रीको फोनपछि धेरै हौसला मिलेको बताए ।

    अहिलेसम्म साढ १७ हजार अगरउड, १८ सय बोधिचित्त, ६० हजार श्रीखण्ड, एभोकाडो गरी नेपालभरी १ लाख भन्दा धेरै बोट लगाएको उहाँको भनाई छ ।

    यो वर्षदेखि बोधिचित्त फल्न शुरु गरको र बिक्री हुने भएपनि अहिले कोरोना भाइरस संक्रमणका कारण ब्यापारीहरु नआएको

    कारण बिक्री गर्न नसकिएको बताए ।

    युवाजनशक्तिजती सबै सहर र विदेश पस्नेहो भने गाउको विकास कस्ले गर्ने भनेर भित्री मनदेखि नै कृषि क्षेत्रमा केही गर्नुपर्दछ भन्ने

    धारणा विकास गरी लागेको उहाँको भनाई छ ।

    अनिल खत्री

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.