नेपालमा थप ११ सय २० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४१ हजार ६ सय ४९
तपाईको प्रतिक्रिया





नेपालमा थप ११ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ब्रिफिङमा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा १२ हजार ८८ जनाको पीसीआर परीक्षण गर्दा ३ सय २० महिला ८ सय गरी११ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा कोरोना १ हजार १२ जनाले कोरोना जितेका छन्।
यो सगैँ डिस्चार्ज हुनेको संख्या २३ हजार २९० पुगेको छ । डिस्चार्ज हुनेको प्रतिशत ५६ रहेको प्रवक्ता डा.गौतमले बताए ।
यस्तै संक्रिय संक्रमितको संख्या १८ हजार १०८ रहेको छ ।
Related