डा. आचार्यले बनाए कोरोनाको औषधी, ८ दिनमै १ सय ३८ संक्रमित निको ! (भिडियो हेर्नुस्)
तपाईको प्रतिक्रिया





रुपन्देहीका आयुर्वेदिक जडीबुटीका अनुसन्धानकर्ता आचार्य बद्री गौतमले आफुले बनाएको कोरोनाको औषधी प्रयोग गर्न आग्रह गरेका छन् ।
उनले नेपाली जडिबुटीवाट बनाएको औषधीले ८ दिनमै कोरोना जित्ने दावी समेत गरेका छन् ।
१५ लाख रुपैया ब्यक्तिगत रुपमा खर्च गरेर आफुले कोरोनाको औषधी बनाएको दावी गरेका आचार्यले १ सय ५३ जनामा प्रयोग गरेको र अधिकांश निको भएको बताएका छन् ।
‘मैले परीक्षण गरेर हेरिसकें, मैले तयार पारेको अर्कबटी नामक औषधी १ सय ५३ ले खाएका छन्, त्यसमध्ये १ सय ३८ ले पीसीआर परीक्षण गराए, आजसम्म १ सय ३७ को कोरोना भाइरस नेगेटिभ रिजल्ट आएको छ।’ चिकित्सक गौतमले भने ।
आफुले बनाएको औषधी सेवन गरेको ७ दिनमा कोरोना भाइरस म र्ने, ८ र ९औं दिनमा कोरोना भाइरसको ला स निकाल्ने, १०औं दिनमा स्वाब लिने र ११औं दिनमा स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आउने बताएका छन् ।
डा। गौतमले तयार गरेको औषधी आइतबारसम्म १ सय ५३ जना कोरोना पोजेटिभले खाएकोमा १ सय ३८ जनाको रिपोर्ट आएकोमा १ सय ३७ जनाको नेगेटिभ र १ जनाको पोजेटिभ आएको समेत बताएका छन् ।
नेपालमा पाइने पाँच प्रकारका जडीबुटी र स्वर्ण घटक द्रव्य मिश्रण गरी ‘अर्कबटी’ गोली तयार पारिएको गौतमले बताएका छन् ।
२ हजार ५ सय वर्षपहिले ऋषि आत्रेयराज अत्रीले जुम्लाको गोतम वाडाबाट शुरु गरेको सुत्र अनुसार श्वासप्रश्वास र पाचन नलीमा आउने समस्यालाई निको पार्न प्रयोग गरिएको जडीबुटीलाई औषधीको रुपमा प्रयोग गरेको बताएका छन् ।
डा गौतम २०४८ सालदेखि हालसम्म ३६ करोड रुपियाँ जडीबुटीको अनुसन्धान र उत्पादनमा खर्च गरेको छन् ।
Related