• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मौलिक कला र परम्परागत शैलीको प्रयोग हराउदै गएकोमा वास्तुकलाविदको चिन्ता

"मुलुकका प्राचिन कालीन बस्तुहरु लोप उन्मुख अबस्थामा पुगेको  "
  •    शुभेच्छा न्यूज  /१८ भाद्र २०७७, बिहीबार १५:४२ ,  प्रकाशीत
  • नेपाल मौलिक कला र संस्कृतिकारुपमा परिचित भएपनि पछिल्लो समय मौलिक कला र परम्परागत शैलीको प्रयोग हराउदै गएकोमा वास्तुकलाविदहरुले चिन्ता ब्याक्त गरेका छन्।

    ‘सहृदयता समाज नेपाल’को आयोजना तथा सहृदय उद्यमशीलता प्रालिको सह अयोजनामा बुधवार सम्पन्न मौलिक वास्तुकलामा निहित ज्ञानपरम्परा विषयक सत्संगमा सम्पदा विद्हरुले उक्त धारणा ब्याक्त गरेका हुन्।

    सत्संगका प्रमुख वक्ता सम्पदा संरक्षण विद् रविन्द्र पुरीले काठमाडौँ उपत्यकाको सम्पदा कम्तिमा पनि संसारको १० उत्कृष्ट सम्पदामा भित्र पर्ने बताए।

    उनले यसको संरक्षण र सम्वर्दन गर्ने निकायले आवस्यक चासो र समन्वय नगरेका कारण धेरै सम्पदा विनास भएको आरोप लगाए।

    आधुनिक विकासको नाममा विदेशी निर्माण पद्धति हावी भएपछि मुलुकका प्राचिन कालीन बस्तुहरु लोप उन्मुख अबस्थामा पुगेको पुरीले बताए।

    उनले सम्पदा संरक्षरण र मौलिक बास्तुकलाको प्रवर्धन गर्ने कुरा खोक्रो देशभक्ति नभएको बताउँदै विज्ञान सम्वत र प्रामाणिक भएको बताए। वास्तुशास्त्रले सौर्य, चुमवकीय र ब्रह्माण्डीय उर्जालाई घरसँग जोडेको बताउँदै पुरीले मौलिक वास्तुगत परम्पराले विश्वलाई धेरै ज्ञान दिन सक्ने बताए।

    ‘मेरो इन्जिनियर तथा नक्सा सम्बन्धी अध्ययनको पृष्ठभूमिको नभए पनि काठमाडौँ उपत्यकामा भइरहेको संम्पदाको नृशंस विनास सहन

    नसकेर यसको संरक्षणको लागि यस क्षेत्रमा होमिएको छु’ उनले भने ।‘प्राचिन कालिन न्यातापोल (पाँचतल्ले मन्दिर)ले कम्तीमा पनि पाँचवटा महाभुकम्प थेगेर जुँकात्युँ उभिनुले मौलिक वास्तुकला कति सुरक्षित छ भन्ने प्रमाणीत भएकोछ’

    मौलिक वास्तुपद्धतिमा जगदेखि धुरी सम्मको सबै संरचना एक आपसमा अन्तरसम्बन्धित बनाएर लचकतामा जोड दिने गरिएको उनले दावी गरे।

    आधुनिकताको नाममा भित्राइएका प्रविधि लचकता भन्दा पनि कठोरतामा आधारित पद्धति निर्माण भएको कारण भुकम्पीय दृष्टिकोणले मौलिक वास्तुकला नै अब्बल भएको पुरीले बताए।

    विदेशमा लिड मुक्त पेन्टको अवधारणा आइसकेपनि नेपालमा यस प्रति सरकारले चासो नदेखाएकोमा उनले सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।

    उनले मौलिक वास्तुकलाले राष्ट्रिय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने दावी गरे ।

    स्वदेशी निमार्ण सामग्रीको प्रयोग हुने भएको कारण यसले आयातमुखी अर्थतन्त्रलाई सुधार गरी आत्म निर्भर बनाउने पुरीले बताए।

    मेथड कन्सल्टका इन्जिनियर तुल्सीलाल बासुकलाले मौलिक वास्तुकलाको प्रयोगबाट शुन्य बराबरको निर्माण हुनुमा सरकारको गलत

    नीति दोषी रहेको बताए। आफ्नो सभ्यता भुलेर पिलरवाला घर हुनुलाई आफ्नो प्रतिष्ठा सँग जोड्ने मानसिकताले मौलिक वास्तुकला बारेको अनभिज्ञता उजागर गरेको उनले आरोप लगाए।

    सरकारी स्तरबाट कुनै पनि नयाँ निर्माण मौलिक वास्तुकलाबाट नहुनु खेदजनक भएको बताउँदै भुकम्प प्रतिरोधी निर्माणको नीतिमा पनि मौलिक वास्तुकलालाई उपेक्षा गरिनु आपत्तिजनक भएको बासुकलाले बताए।

    विद्यालय तथा विश्वविद्यालयको पाठयपुस्तकमा मौलिक वास्तुकलाको महत्व उजागर गरेर यसको पुनर्जागरण गर्ने तर्फ लाग्नुपर्नेमा उनको जोड् दिए।

    सहृदयता समाज नेपालका अध्यक्ष बलराम प्रजापतिले जरो किलो महाअभियानले नेपालको मौलिक दर्शन र ज्ञान परम्परालाई मूलप्रवाहिकरण गर्न क्रियाशिल रहेको बताए।

    सहृदयता उद्यमशीलता प्रालिका प्रबन्ध निर्देशक कृष्णराम प्रजापतिले मौलिक वास्तुकलाको प्रवर्धनले नेपालको मौलिक प्रविधिको पुनर्जागरण गर्ने र देशलाई आत्मनर्भिर बनाएर आर्थिक उन्नतिमा टेवा पु¥याउने बताए।

    कार्यक्रम कोरोना कहरलाई ध्यानमा राखेर जुम प्रविधिबाट गरिएको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.