तनहुँकी एक जना बृद्धाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।
म्याग्दे गाउँपालिका–१ स्थायी घर भएकी ९२ बर्षिया बृद्धाको काठमाडौँस्थित शसस्त्र प्रहरी अस्पतालमा मृत्यु भएको हो ।
बुधबार मृत्यु भएकी उनलाई दम, मुटु तथा मृगौलाको समस्या थियो । ती बृद्धाको उपचारको क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विज्ञप्तीमा उल्लेख छ ।
योसंगै तनहुँका ३ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।गत मंगलबार पनि व्यास नगरपालिका –२ दमौलीकी २०
बर्षिया किशोरीको काठमाडौँ महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार हुदैँ गर्दा मृत्यु भएको थियो । ती किशोरीले मृगौलाको डायलासिस गराउदै आएकी थिईन् ।
भदौ २ मा पनि पोखराको कास्की सेवा अस्पतालमा उपचारको क्रममा तनहुँको व्यास नगरपालिका– १ की ५० वर्षीया महिलाको कोरोना संक्रमण कारण मृत्यु भएको थियो ।
गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण १७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीका ६, स्याङ्जाका २,गोरखा २,तनहुँ ३ म्याग्दी र बागलुङमा १।१ जना रहेका छन् ।

Related