• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा १६ सहित गण्डकी प्रदेशमा ४० कोरोना संक्रमित थपिए

"संक्रमितको संख्या २ हजार ३ सय ५२ "
  •    शुभेच्छा न्यूज  /१९ भाद्र २०७७, शुक्रबार ०८:४२ ,  प्रकाशीत
  • पोखराका १६ जना सहित शुक्रबार बिहान गण्डकी प्रदेशमा ४० कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य निर्देशनालय गण्डकीले बिहान कास्कीको पोखरा महानगरका १६ जना सहित प्रदेशका तनहुँ, स्याङजा, बागलुङ, लमजुङ र नवलपुर जिल्लामा गरी ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको हो ।

    निर्देशनालयका अनुसार पोखरा महानगरका ७ वटा वडाका एक महिला सहित १६ जनामा कोरोना देखिएको छ । आज बिहान पोखरा महानगर– १२ का २८ वर्षीया महिलामा कोरोना देखिएको हो । यस्तै संक्रमित हुने पुरुषहरुमा पोखरा महानगर– १० का २३, २४ र २६ का तीन जना, २७ का १८ र ४७ वर्षीय दुई जना, १४ का २५ वर्षीय, ५ का ५० वर्षीय र ३० का २८ वर्षीय रहेका छन् ।

    यसैगरी पोखरा महानगर– १५ मा २६, ३१, २८, २९ र २६, २९ र २७ वर्षका ७ जना नेपाल प्रहरीमा कार्यरत पुरुषहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जानकारी दिएको छ ।

    आजै तनहुँको भानुकी ५५ वर्षीया महिला र म्याग्देकी २६ वर्षीया महिला, स्याङजा कालिगण्डकीका २८ वर्षीय पुरुष, बागलुङ ताराखोलाका ४२ वर्षीय पुरुष, लमजुङ मध्येनेपाल का ३९ वर्षीय पुरुष, राइनासका ३१ वर्षीया महिला र ५५ वर्षीय पुरुषमा संक्रमण देखिएको छ ।

    त्यस्तै नवलपुरमा आज बिहान १७ जना संक्रमित थपिएका छन् ।

    संक्रमित हुनेमा देवचुली– ७ का ३५ वर्षीय पुरुष र गैंडाकोट– १ का १८ वर्षीया महिला तथा २६,२६ र ५२ वर्षका तीन पुरुष, ५ का २८ र ५९ वर्षीया दुई महिला तथा २५, २९ र ५७ वर्षीय तीन पुरुष, ४ का २० वर्षीया महिला तथा ४२ वर्षीय पुरुष र २ का ४५ वर्षीया महिला तथा ३५, ३६, ४० र ४८ वर्षका ४ पुरुष रहेका छन् ।

    यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ५२ पुगेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.