बढ्दो संकटकाबेला कांग्रेस परित्याग गरी चार दर्जन कार्यकर्ता नेकपामा प्रवेश
तपाईको प्रतिक्रिया





पर्वतको महाशिला गाउँपालिका वडा नं. ५ लुंखुदेउरालीमा ठुलो संख्यामा नेपाली काँग्रेसका कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका छन् ।
महाशिला ५ लुङ्खदेउराली अन्तरगत विभिन्न टोलहरु बाट टेकबहादुर गुरुङ, नारायणदत्त शर्मा, नारायण शर्मा, बाबुराम शर्माले नेतृत्व गरि ५१ जना नेपाली काङ्ग्रेसका सक्रिय कार्यकर्ताहरु नेकपाका प्रवेश गरेका हुन ।
नवप्रवेशीहरुलाई महाशीला गाउँपालिकाका अध्यक्ष एवम् नेकपामा नेता राजु पौडेल, नेकपा सचिबालय सदस्यहरु विष्णुराम विक, महाशीलाका प्रवक्ता एवम् नेकपा जिल्ला सचिबालय सदस्य जीवन उच्चै ठकुरी लगायतले टिका लगाएर स्वागत गर्नुभएको थियो ।
नेपाली काँग्रेसमा लामो समय लागे पनि मुलुक परिवर्तनका लागि काम गर्न नसकेको र नेपालको विकास र समृद्धि नेकपावाटै सम्भव भएको भन्दै उनिहरु नेकपामा प्रवेश गरेका हुन ।
उनिहरुले अब आजिवन नेकपामा लागेर राजनीतिक सँगै समाजको विकासमा लाग्ने प्रतिवद्धता र सपथ समेत खाएका छन् ।
Related