पोखरामा २२ सहित गण्डकी प्रदेशमा ४४ कोरोना संक्रमित थपिए
"संक्रमितको संख्या २ हजार ४ सय ४७ "
तपाईको प्रतिक्रिया





गण्डकी प्रदेशमा थप ४४ जनामा कोरोना भइसरको संक्रमण पुष्टि भएको छ।क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पीसीआर परिक्षणमा ५ जिल्लामा ४४ जनामा कोरोना संक्रमण भेटिएको हो।
गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोद विन्दु शर्माले कास्कीको पोखरा महानगरपालिकामा २२ जना सहित प्रदेशका स्याङजा १, बागलुङमा ३ जना, लमजुङ १७ र नवलपुरमा १ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।
निर्देशक डा. शर्माका अनुसार पोखरा महानगरपालिकामा थप २२ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये २ जना पृथ्वीचोकस्थित रहेको पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत महिला कर्मचारी रहेका छन् ।
त्यस्तै अन्य संक्रमितमा पोखरा ६ का १ महिला तथा १ जना पुरुष र पोखरा महानगरपालिका वडा नम्बर ७ का १३ वर्षीय बालक तथा १४ वर्षीय बालिका छन् ।
पोखरा १० का ६३ वर्षीय पुरुषलाई समेत कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै पोखरामा १४ का भारतबाट आएका २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पोखरा १५ का २ जना पुरुषलाई कोरोना सक्रमण पुष्टि भएको छ । उनीहरु दुवै जना भारतबाट आएका हुन् ।
त्यस्तै पोखरा १६ का ६ महिला र ३ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ । वडा नम्बर १६ का १ जना पुरुष डाँफे सहकारीमा कार्यरत रहेका छन् । वडा नम्बर १७ का १ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
उनी समेत भारतबाट आएको बताइएको छ । भारतबाट नै आएका पोखरा २४ का ३१ वर्षीय पुरुषलाई समेत कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै बाग्लुङको तमन्खोला १ की २६ वर्षीय महिला, बडिगाड १ का २७ वर्षीय पुरुष तथा बाग्लुङ नगरपालिका २ का २९ वर्षीय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जामा समेत १ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
उनी गल्याङ नगरपालिकाका ३८ वर्षीय पुरुष हुन् । नवलपरासीको हुप्सेकोट ३ का २८ वर्षीय पुरुषलाई समेत कोरोना पुष्टि भएको छ ।
त्यस्तै लम्जुङमा १० महिने बालिका सहित थप १७ जनालाई कोरोना संक्रमण भएको छ । बेसीसहर नगरपालिका वडा नम्बर ७ का १० महिने बालिकालाई समेत संक्रमण पुष्टि भएको छ ।
त्यस्तै वडा नम्बर ८ का २ महिला र २ जना पुरुष संक्रमित भएका छन् । संक्रमित हुनेमा वडा नम्बर ९ का २, वडा नम्बर नखुलेका ६ जना रहेका छन् ।
यस्तै बेसीसहरस्थित लम्जुङ जिल्ला सामुदायिक अस्पतालमा उपचारका लागि भर्ना भएका २ पुरुष तथा २ जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको निर्देशक डा. शर्माले बताए ।
संक्रमितहरु सवै कन्ट्र्याक्ट ट्रेसिङ्गका आधारमा पहिचाहन गरिएको उनले बताए।संक्रमितहरुलाई सम्वन्धित जिल्लाको आइसोलेसन लैजाने तयारी भइरहेको निर्देशक डा. शर्माले बताए ।
योसंगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २ हजार ४ सय ४७ पुगेको छ ।गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण १७ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कास्कीका ६, स्याङ्जाका २, गोरखा २, तनहुँ ३ म्याग्दी र बागलुङमा १।१ जना रहेका छन् । गण्डकी प्रदेशमा संक्रमण मुक्त भएर १ हजार ६ सय ६५ जना घर फर्किएका छन् ।
Related