पोखरामा सामुदायिक अस्पतालका २ कर्मचारी सहित एक सहकारीका कर्मचारीमा कोरोना संक्रमण
तपाईको प्रतिक्रिया





पोखरा महानगरमा एकैपटक २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पीसीआर परिक्षणमा पोखराको पृथ्बीचोकस्थित रहेको पश्चिमाञ्चल सामुदायिक अस्पतालका २
जना कर्मचारी र पोखराको एक सहकारीका कर्मचारी सहित २२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। सामुदायिक अस्पतालमा कार्यरत २५ र २९ वर्षीया महिला कर्मचारी रहेका छन्।
निर्देशनालयका अनुसार पोखरा ७ का १३ वर्षका युवक र १४ वर्षीया युवती, पोखरा १७ का २५ वर्षीय पुरुष, पोखरा १५ का २८ र ४५ वर्षका पुरुष, पोखरा ६ का ३० वर्षीय पुरुष र ३७ वर्षीया महिला, पोखरा १४ का ४१ र ४४ वर्षका पुरुष, पोखरा २४ का ३१ रहेका छन्।
वर्षीय पुरुष, पोखरा १६ का १७ वर्षीय युवक सहित ५२ र ४८ वर्षका पुरुष र १७ वर्षीया युवती लगायत २४, ३७, ४२, ४९ र ६६ वर्षीया महिला र पोखरा १० का ६३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज पुष्टि भएका मध्ये पोखरा १७ का २५ वर्षका पुरुष सहित पोखरा १५ का २८ वर्षीय पुरुष, पोखरा १४ का ४१ र ४४ वर्षीय
पुरुष र पोखरा २४ का ३१ वर्षीय पुरुष हालै भारत भारतबाट आएका हुन् भने, पोखरा १६ का ५२ वर्षीय संक्रमित पुरुष डाँफे सहकारी संस्थामा कार्यरत कर्मचारी रहेका छन् ।
संक्रमण पुष्टि भएका मध्ये भारतबाट आएका बाहेक अन्य सबै कन्ट्याक्ट ट्रेसिङ मार्फत पहिचान भएका हुन् ।
उनीहरु सबैलाई आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।
Related