पोखरामा पार्कल्याण्ड अस्पतालका २ जना नर्स सहित २० जना संक्रमित थपिए
"रिलायन्स फाइनान्समा कार्यरत २ कर्मचारीमा समेत संक्रमण "
तपाईको प्रतिक्रिया





गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना भइसरको संक्रमण पुष्टि भएको छ।
क्षयरोग उपचार केन्द्र पोखरा, स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा, भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा गरिएको पीसीआर परिक्षणमा ६ जिल्लामा ६७ जनामा कोरोना संक्रमण भेटिएको हो।
गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोद विन्दु शर्माले स्याङ्जाका २२, कास्कीका २०, नवलपुरका १३, तनहुँका ७, बागलुङका ३ र लमजुङका २ जनामा पोजेटिभ देखिएको बताए ।
निर्देशक डा. शर्माका अनुसार पोखरा महानगरपालिकामा २० जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये पोखरा अमरसिंहचोकस्थित पार्कल्याण्ड अस्पतालमा कार्यरत २ जना नर्समा कोरोना संक्रमण देखिएको छ ।
त्यसैगरी पोखरा महानगरका ८ वटा वडामा २० जना संक्रमित फेला परेका हुन् ।
त्यस्तै, लमजुङको रिलायन्स फाइनान्समा कार्यरत २ कर्मचारीमा समेत संक्रमण देखिएको छ । त्यस्तै गरी नवलपरासीको कावासोतीमा २ र बुलिंगटारका १ जना सहित अन्य विभिन्न स्थानहरुमा थप १३ जनामा संक्रमण देखिएको छ।
यसैगरी, बागलुङमा ३ जना र स्याङजामा २२ जना नयाँ संक्रमित फेला परेका छन् । स्याङजामा फेला परेकाहरु पुतलीबजार नगरपालिका भित्रका हुन् । तनहुँमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यसैगरी गोखरामा समेत २ जना संक्रमित भेटिएका छन् ।संक्रमित सबै कन्ट्याक्ट ट्रेसिङबाट पहिचान गरिएको निर्देशक डा.शर्माले बताए । संक्रमित सबैलाई सम्वन्धित जिल्लाको आइशोलेसनमा लैजाने तयारी भइरहेको उनले बताए ।
योसंगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २ हजार ५ सय १६ पुगेको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण १८ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कास्कीका ६, स्याङ्जाका २, गोरखा २, तनहुँ ३ म्याग्दी र बागलुङमा १।१ जना रहेका छन् ।
प्रदेशमा मध्ये १ हजार ७ सय ६६ जना निको भएर घर फर्किएका छन् ।
Related