• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

स्याङ्जाको पुतलीबजारमा १९ जना जुवाडेमा देखियो कोरोना

"एकैपटक २२ जना कोरोना संक्रमित पुष्टि "
  •    शुभेच्छा न्यूज  /२१ भाद्र २०७७, आईतवार १४:२३ ,  प्रकाशीत
  • आइसोलेसनमा कोरोना संक्रमितको संख्या न्यून हुँदै गएका बेला स्याङ्जामा फेरी कोरोना संक्रमित थपिएका छन्।

    थपिएका मध्ये अधिकांश समूहमा बसेर तास खेल्नेहरु छन् ।

    स्याङ्जाको पुतलीबजार नगरपालिकामा मात्र आइतबार बिहान एकैपटक २२ जना कोरोना संक्रमित पुष्टि भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ। संक्रमित मध्ये एक महिला हुन भने २१ पुरुष हुन।।

    थपिने मध्येमा १९ जना तास खेल्नेहरु, दुईजना विदेशबाट आइ क्वारेन्टाइनमा बसेका र एक सरकारी कर्मचारी रहेको नगर स्वास्थ्य प्रमुख बिष्णु काफलेले जानकारी दिए।

    यसैसाता, प्रहरीले छुट्टाछुट्टै २ खालमा बसेर तास खेल्दै गरेका अवस्थामा पक्राउ परेका युवाहरुलाई दुई दिनपछि क्वारेन्टाइनमा राखेको थियो।

    यसरी पक्राउ पर्ने २२ जना थिए। अन्य ३ जनामा भने कोरोना संक्रमण नेगेटिभ देखिएको बताइएको छ।

    भारत र मलेसियाबाट फर्केका २ जना पनि क्वारेन्टाइनमा बसेका मध्येका हुन भने एकजना सरकारी कर्मचारी जिल्ला अस्पताल स्याङ्जामा उपचारमा क्रममा गएका बेला पीसीआर परीक्षण गराउदा पोजिटिभ देखिएको प्रमुख काफ्लेले भने।

    योसँगै स्याङ्जामा कोरोना संक्रमित हुनेको संख्या ३ सय ३७ पुगेको छ।

    आइसोलेसनमा बस्नेको संख्या २७ पुगेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख यामप्रसाद शर्माले बताए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.