कोरोना भाइरस संक्रमणबाट मृत्यु भएका व्यक्तिको शरीरका विभिन्न अंग निकालिन्छ भन्दै हल्ला फैलाउने १ जना पक्राउ परेका छन् ।
प्रहरीले ललितपुरको ढोलाहिटीमा आयुर्वेद क्लिनिक सञ्चालन गर्दै आएका सुवास लिम्बुलाई पक्राउ गरेको हो ।
विभिन्न युट्युब च्यानलका अन्तरवार्तामा कोरोना संक्रमणबाट मृत्युको व्यक्तिको अंग निकालिने गरेको अभिव्यक्ति दिने आफूलाई प्राकृतिक चिकित्सक बताउने सुवास सुब्बा लिम्बु पक्राउ परेका हुन् ।
पक्राउ परेका लिम्बुविरुद्ध अफवाह फैलाएको कसूरमा म्याद थप गरेर अनुसन्धान अघि बढाउने प्रहरीको तयारी छ ।
विभिन्न माध्यममा अन्तरवार्ता दिँदै उनले कोरोनाबाट मृत्यु हुनेको शव नदेखाइनु र पोष्टमार्टम नहुनु पछाडिको कारण गोप्य रुपमा अंग झिक्न हो भनेर दाबी गर्दै आएका थिए ।

Related