ललितपुरको पुल्चोकमा जवरजस्ती रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा भएको झडपपछि पक्राउ परेका १६ जनाको रिहाइको माग गर्दै ललितपुरका युवाहरु प्रदर्शनमा उत्रिएका छन् ।
रथ तान्ने क्रममा भएको झडपमा क्रममा ड्युटीमा खटिएका ट्राफिक प्रहरीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले १६ जनालाई पक्राउ गरेको थियो ।
पक्राउ परेकाहरुलाई तत्काल रिहाईका माग गर्दै सोमबार बिहान स्थानीय युवााहरुले जिल्ला प्रशाासन कार्यालय ललितपुर अगाडि प्रदर्शन गरेका हुन् ।
गत बिहीबार केही युवाहरुले पुल्चोकबाट रातो मच्छिन्द्रनाथको रथ तान्न थालेपछि प्रहरीले रोक्ने क्रममा झडप भएको थियो ।
झडपलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रु ग्यास र पानीको फोहोरा प्रहार गरेको थियो । प्रहरीको हस्तक्षेप पछि आक्रोशित बनेका युवाले एकजना ट्राफिक प्रहरीलाई कुटेर घाइते बनाएका थिए ।
ट्राफिक प्रहरी कुटेको आरोपमा प्रहरीले १६ जनालाई पक्राउ गरेको थियो ।
पक्राउ परेका १६ जनालाई प्रहरीले क्वारेन्टाइमा राखेकोमा २ जनामा भने कोरोना देखिएको छ ।
प्रहरीले उनीहरुविरुद्ध अभद्र व्यवहारको कसुरमा अनुसन्धान अगाडि बढाइएको जनाएको छ

Related