भेटी पु¥याउन गएका २ जनाको जीप दुर्घटनामा मृत्यु,घाईतेको पोखरामा उपचार हुदै
तपाईको प्रतिक्रिया





तनहुँको ऋषिङ गाउँपालिका १ मा जीप खोलामा खस्दा भएको दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या दुई पुगेको छ ।
जीपले च्यापेका चालकको समेत निधन भए पछि घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको हो ।
दुर्घटनामा परी ज्यान गुमाउनेमा चालक म्याग्दे ७ निवासी ३२ वर्षका होमबहादुर श्रेष्ठ र यात्रु व्यास ५ निवासी राजकुमार श्रेष्ठ छन् ।
व्यास ५ चापाघाटबाट आफन्तको निधनमा देवघाटको खाल्टे भेटी पु¥याउन गएका चापाघाटका स्थानीय सवार ग १ ज ७१२८ नम्बरको जीपमा चालकसहित आठजना थिए ।
स्थानीय देउली खोलामा खसेको जीपमा परी घाइते राजकुमारको उपचारका क्रममा दमौली अस्पताल र चालक होमबहादुरको उद्धारपछि ज्यान गएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।
जीपले लामो समय च्यापेकाले निकाल्न समय लाग्दा चालकको ज्यान गएको हो।
घटनामा घाइते सबै व्यास ५ चापाघाटका आफन्त हुन् ।
घाइते ६ जना मध्ये चार जनाको पोखरा र एक जनाको दमौलीमा उपचार भैरहेको छ । अर्का एक भने उपचारपश्चात घर फर्किएको प्रहरीले जनाएको छ ।
Related