पोखरा । विश्व प्रसिद्ध मोबाईल फोन उत्पादक कम्पनी नोकियाले नयाँ मोडल नोकिया वान पोखरामा बिक्रीवितरण शुरू भएको छ।
गुगलको पछिल्लो एन्ड्रोईड भर्सन ओरीयो ८.१ सफ्टवेयरमा आधारित उक्त मोवाईल फोन पोखराको बजारमा पनि विक्रि वितरण हालै सुरु गरिएको न्यु एसपी. ईन्टरप्राईजेज, पोखराका संचालक शिबराज पहारीले बताए ।
यस फोनमा २१५० मिलिएम्पीयर ब्याट्री, १ जिबि ¥याम ८ जिविको मेमोरी हुनुका साथै १२८ जिबि सम्म बढाउन मिल्ने सुविधा रहेको संचालक पहारीले बताए। ४.५ ईञ्च स्क्रिन साईज रहेको फोनमा पछाडी फ्लास सहितको ५ मेघापिक्सल र अगाडि २ मेघा पिक्सेल सेल्फी क्यामरा रहेको कम्पनिले जनाएको छ । फोर जीमा दुर्तगतिको ईन्टरनेट चल्ने दुई वटा सिमकार्ड लाग्ने यो मोडेलमा गाढा निलो र रातो गरि दुईवटा रंगमा उपलब्ध रहेको छ ।
सबैका लागि स्मार्टफोन र मेरो पहिलो स्मार्टफोन भन्ने अवधारणाका साथ नोकीयाले यो फोनको विकास गरेको कम्पनिले जनाएको छ।
उक्त मोबाईलको बजार मुल्य नौ हजार तीन सय पच्चिस मात्र रहेको छ। त्यसै गरि गत महिना स्पेनको बार्सिलोनामा घोषणा गरेको नयाँ मोडल नोकिया ६ (सन् २०१८) प्लस र नोकिया ८८१० फोनहरू आगामी हप्ता बजारमा बिक्रीवितरण गरिने कम्पनीले जनाएको छ।

Related