• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

शिशुवा अस्पताललाई ५० शैया बनाइने

  •    शुभेच्छा न्यूज  /२२ भाद्र २०७७, सोमबार २०:२२ ,  प्रकाशीत
  • पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसिले शिशुवा अस्पताललाई ५० शैयाको पुर्याउने बताएका छन् ।

    अस्पतालमा पहिलोपटक शल्यक्रिया मार्फत प्रसुती सेवा उपलब्ध गराइएकी रिता श्रेष्ठलाई सुत्केरी पोषण सामाग्री हस्तारण पछि आयोजित अन्तरक्रियामा प्रमुख जिसिले आगामी दिनमा अस्पताललाई सुविधा सम्पन्न सहित स्तरउन्नती गर्ने बताएका हुन ।

    उनले अहिले १५ शैया रहेको अस्पताललाई साविक लेखनाथ नगरपालिकाको जग्गामा निर्माण हुने विशिष्टीकृत बाल अस्पतालसँगै स्तरोन्नती गरिने बताए।

    उनले महानगरपालिकाको स्वामित्वमा रहेको शिशुवा अस्पतालमा न्यून जनशक्तिका विच शल्यक्रिया मार्फत प्रसुती सेवा शुरु भएको भन्दै, थप जनशक्तिका लागि पहल गर्ने उल्लेख गरे ।

    प्रमुख जि.सि ले शल्यक्रियाको नेतृत्व गरेका चिकित्सक सहित अस्पताल व्यवस्थापन समितिलाई महानगरको तर्फबाट धन्यवाद समेत दिएका थिए ।

    महानगर उपप्रमुख मञ्जुदेवी गुरुङ्गले अस्पतालमा प्रसुती सेवा शुरुभएपछि लेखनाथ र आसपासका बासिन्दा पोखरासम्म धाउनु पर्ने बाध्यताको अन्त्य भएको उल्लेख गरिन ।

    प्रसुतीका लागि आपतकालिन अवस्थामा ४५ मिनेट लगाएर पोखरासम्म धाउँदा आमा र बच्चाको स्वास्थ्य जोखिम हुने गरेको उल्लेख गर्दै उपप्रमुख गुरुङ्गले अस्पताललाई गुणस्तरिय बनाउन महानगरले जोड दिने बताईन ।

    महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले शल्यक्रियाबाट पहिलो बच्चाको जन्म भएपनि आगामी दिनमा विशेषज्ञ सेवाका चिकित्सको व्यवस्थापन चूनौती रहेको बताए ।

    उनले विभिन्न परिक्षण, ल्याब लगायतका सेवा र सुविधा थप्नु पर्नेमा जोड दिए ।

    शिशुवा अस्पतालका मेडिकल सुपरिटेण्डेन प्रतिभा कोइरालाले सवैको सहयोगबाट अस्पतालमा पहिलो पटक शल्यक्रिया मार्फत प्रसुती सेवा उपलब्ध गराउन सकिएको उल्लेख गरिन ।

    अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा. नारायण ओझाले शिशुवा अस्पतालको सेवाबाट लेखनाथका मात्रै नभई मादी र रुपा गाउँपालिका सहित कास्कीको पूर्विभेगसँग जोडिएका लम्जुङ्गका विभिन्न स्थानका बासिन्दा लाभान्वीत हुने बताए ।

    उनले मातृ तथा शिशुसँग जोडिएका चिकित्सक, जाँच र ल्याबको व्यवस्था हुनु पर्नेमा जोड दिए ।

    शनिबार अस्पतालमा पहिलो पटक बारा जिल्ला कोहल्बी नगरपालिका—८ नयाँबस्तीकी १८ बर्षिया रीता श्रेष्ठको शल्यक्रिया गरी प्रसुती गराइएको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.