• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा ५ सहित गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि, मृतकको संख्या २० पुग्यो

"नवलपरासीमा ६ जनामा कोरोना पोजेटिभ "
  •    शुभेच्छा न्यूज  /२३ भाद्र २०७७, मंगलवार ११:१२ ,  प्रकाशीत
  • गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना भइसरको संक्रमण पुष्टि भएको छ।

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भरतपुर अस्पताल र चितवन मेडिकल कलेज चितवनमा गरिएको पीसीआर परिक्षणमा ११ जनामा कोरोना संक्रमण भेटिएको हो।

    गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोद विन्दु शर्माले कास्कीको पोखरा महानगरपालिकाका ४ वटा वडामा ५ जना र

    नवलपरासीमा ६ जनामा कोरोना पोजेटिभ देखिएको बताए ।

    निर्देशक डा. शर्माका अनुसार पोखरा महानगरपालिकामा ५ जनामा कारोना भइरस संक्रमण पुष्टि भएका छ।

    महानगरपालिका वडा नम्बर १२ का २२ तथा २६ वर्षीय पुरुष, वडा नम्बर १४ का ३७ वर्षीय पुरुष, वडा नम्बर १५ का २०

    वर्षीय पुरुष तथा वडा नम्बर २७ का ४२ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

    संक्रमित सबैले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पे–क्लिनिकमा परीक्षण गराएका थिए ।

    यसैगरी चितवनको भरतपुर अस्पतालमा गरिएको परीक्षणका क्रममा नवलपरासी (ब.सु.पू) का ६ जनालाई कोरोना भाइरस संक्रमण

    पुष्टि भएको छ ।

    संक्रमितहरु गैंडाको नगरपालिका वडा नम्बर २ का २२ वर्षीय पुरुष तथा ५७ वर्षीय महिला, वडा नम्बर ५ का ३२ वर्षीय महिला

    तथा ३८ वर्षीय पुरुष र वडा नम्बर ८ का २५ वर्षीय महिला रहेकी छिन् ।

    यस्तैगरी कावासोती २ का २३ वर्षीय महिलालाई समेत कोरोना संक्रमण पुष्टि भएको निर्देशक डा. शर्माले बताए । योसंगै गण्डकी

    प्रदेशमा संक्रमितको संख्या २ हजार ६ सय १२ पुगेको छ ।

    संक्रमित सबै कन्ट्याक्ट ट्रेसिङबाट पहिचान गरिएको निर्देशक डा.शर्माले बताए । संक्रमित सबैलाई सम्वन्धित जिल्लाको आइशोलेसनमा

    लैजाने तयारी भइरहेको उनले बताए ।

    निर्देशक डा.शर्माले कास्कीमा थप १ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको जानकारी दिए ।

    कास्कीको अन्नपूर्ण गाउँपालिका १ निवासी ६३ वर्षीय महिलाको उपचारका क्रममा भदौ २१ गते वीरेन्द्र अस्पताल छाउनीमा मृत्यु भएको
    उनले बताए ।

    उनलाई ब्रेन ट्युमर तथा मृगौलाको समस्या रहेको थियो । मृतक महिलालाई भदौ १९ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

    यससंगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनको संख्या २० पुगेको छ ।

    मृत्यु हुनेमा कास्कीका ७, स्याङ्जाका २, गोरखा ४, तनहुँ ३ नवलपुर २, म्याग्दी, लमजुङ र बागलुङमा १।१ जना रहेका छन् ।

    गण्डकी प्रदेशमा १ हजार ७ सय ६६ जना निको भएर घर फर्किएका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.