पोखरामा निजी अस्पताका डाक्टरसहित २६ जनामा कोरोना संक्रमण पुष्टि
"पार्कल्याण्ड अस्पतालका २७ वर्षीया महिला चिकित्सक "
तपाईको प्रतिक्रिया





पोखरामा असपतालकाका चिकित्सक सहित थप २६ जनामा कोरोना पुष्टि भएको छ ।
क्षयरोग केन्द्र पोखरामा गरिएको पीसीआर परिषणमा पोखराका २६ सहित गण्डकीमा ३८ जनामा कोरोना संक्रमण पष्टि भएको हो।
स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरका २६ जना सहित तनहुँ र वाग्लुङ जिल्लाका १२ जना गरी ३८ जनामा कोरोना भाइरस देखिएको जनाएको हो ।
गण्डकी स्वास्थ्य निर्देशनालका निर्देशक डा विनोदविन्दु शर्माका अनुसार संक्रमण पुष्टि हुनेमा गण्डकी मेडिकल कलेजमा उपचाररत
४७ वर्षीय पुरुष, पार्कल्याण्ड अस्पतालका २७ वर्षीया महिला चिकित्सक र पोखरा फुड्स प्रालिमा कार्यरत १७ , २७, २८ र ४० वर्षका पुरुष तथा १७ देखि ४९ वर्ष उमेर समुहका २० जना महिला रहेका छन् ।
त्यसैगरी तनहुँ आबुंखैरेनीका ५६ वर्षीय पुरुष तथा ४२ र ४८ वर्षीया महिला तथा बागलुङ तमानखोला १, २, ५ र ८ वडाका १९ , ३८ र ४० वर्षका पुरुष तथा १८ देखि ३० वर्ष उमेर समुहका ६ महिलामा कोरोना पुष्टि भएको छ ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ६ सय ५० पुगेको छ ।
Related