• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

चिकित्सा क्षेत्रको चमत्कार ; दुर्घटनामा चुँडिएको हात शल्यक्रियाबाट जोडियो

"हातले राम्रोसँग काम गर्ने निश्चित भएपछि मात्रै समाचार सार्वजनिक "
  •    शुभेच्छा न्यूज  /२४ भाद्र २०७७, बुधबार २०:१३ ,  प्रकाशीत
  • दुर्घटनामा चुँडिएको हात राष्ट्रिय ट्रमा सेन्टरमा १० घन्टा लामो शल्यक्रियापछि जोडिएको छ ।

    काठमाडौंको दक्षिणकालीस्थित एक कारखानामा मेसिनले सर्लाहीका रवि सिंहको हत्केलो चुँडेको थियो । दाहिने हत्केलो पुरै छिनेकाले उनलाई आकस्मिकरुपमा राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको थियो ।

    अस्पतालका प्लाष्टिक सर्जरी विभागका प्रमुख प्रा.डा. पीयूष दाहाल, सर्जनहरु डा.कृष्ण मानन्धर, डा.अपार लामिछाने, डा.कमलराज पाठकसहितको टोलीले सिंहको हातको शल्यक्रिया गरेको थियो ।

    अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले १० घन्टासम्म लामो शल्यक्रिया गरेर सिंहको हात जोडिएको जानकारी दिए ।

    २३ दिनको उपचारपछि सिंह डिस्चार्ज भएका छन् । तर, उनले फिजियोथेरापी भने गरिरहेका छन् ।

    अस्पतालले हातले राम्रोसँग काम गर्ने निश्चित भएपछि २३ दिनपछि मात्रै समाचार सार्वजनिक गरेको हो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.