• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा ‘प्लाज्मा थेरापी’ पद्धतिबाट कोरोना संक्रमितको उपचार गर्ने तयारी

"शरिरमा कोभिड बिरुद्ध प्रतिरोधि क्षमता विकास गरि रोग निको पार्न यस पद्धतिको प्रयोग गरिदै "
  •    शुभेच्छा न्यूज  /२५ भाद्र २०७७, बिहीबार १५:१४ ,  प्रकाशीत
  • पोखरामा कोरोना संक्रमित विरामीलाई ‘प्लाज्मा थेरापी’ पद्धतिबाट उपचार गरिने भएको छ।

    गण्डकी प्रदेशको कोरोना डेडिकेटेड अस्पतालकारुपमा स्थापना गरिएको स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्रगतको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा कोरोना संक्रमित विरामीका लागि प्रभाबकारी मानिएको प्लाज्मा थेरापी पद्धतिबाट उपचार गर्ने भएको हो ।

    कोरोना भाइरसबाट संक्रमित भएर स्वस्थ भएका व्यक्तिको रगतबाट ‘प्लाज्मा’ छुट्टयाई संक्रमित मानिसमा त्यो ‘प्लाज्मा इन्जेक्ट’ गरेर बिरामीको शरिरमा कोभिड बिरुद्ध प्रतिरोधि क्षमता शरिरमा विकास गरि रोग निको पार्न यस पद्धतिको प्रयोग गरिदै आएको छ।

    पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका निर्देशक सह प्रध्यापक डा.अर्जुन आचार्यले कोरोना संक्रमण भएर प्रतिष्ठानमा उपचार गराइरहेका बिरामीको लागि ‘प्लाज्मा थेरापी’ पद्धतिबाट उपचार गर्नका लागि तयारी थालिएको बताए।

    उनले संक्रमित विरामीलाई कोरोना संक्रमण विरुद्ध शरिरमा प्रतिरोधि क्षमताको विकास गराई छिटै निको पार्नका लागि ‘प्लाज्मा थेरापी’ पद्धति थालिएको बताए।

    ‘प्लाज्मा थेरापी’का लागि कोरोना संक्रमणमुक्त भएकाहरुको दुई हप्तापछिको रगत आवस्यक पर्ने भएकाले रक्तदान गर्न आह्वान

    गरिएको निर्देशक डा. आचार्यले बताए। ‘कोभिड संक्रमण मुक्त भएकाहरुको रगतको प्लाज्मा अस्पतालको कोभिड उपचार केन्द्रमा उपचार गराईरहेका गम्भिर प्रकृतिका बिरामीहरुमो प्रयोग गर्ने छौं’ उनले भने।

    इच्छुक व्यक्तीले अस्पताल परिसरमा रहेको रेडक्रसको रक्त संचार केन्द्रमा सम्पर्क गरी रक्तदान गर्न सक्ने निर्देशक डा. आचार्यले बताए।
    कोरोना संक्रमित व्यक्ति ठीक भएर पिसीआर रिपोर्ट नेगेटिभ आइसकेको ब्याक्तिको शरिरमा एक खालको एन्टीबडी तयार भई उसको

    प्लाज्मा संक्रमित व्यक्तिमा चढाउदा कोरोना भाईरस बिरुद्ध लड्ने शरिरको प्रतिरोधि क्षमता विकास गरि कोरोना बिरुद्ध लड्ने शारिरिक क्षमता बृद्धी गर्ने मान्यता रहेको उनले बताए।

    गम्भीर खालका कोरोना संक्रमित बिरामीलाई आइसियुमा राखेर डाक्टरको प्रत्यक्ष निगरानीमा प्लाज्मा चढाउने गरिन्छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.