पोखराबाट सामाजिक सञ्जालमा अफवाह फैलाएको आरोपमा २ मोबाइल ब्यवसायी पक्राउ
"कोभिड १९ को परीक्षण रिपोर्टलाई भ्रमपूर्ण बनाएर सामाजिक सञ्जालमा राखि अफवाह "
तपाईको प्रतिक्रिया





सामाजिक सञ्जालमा झुटो अफवाह फैलाएको आरोपमा पोखराबाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सामाजिक सञ्जालमा कोरोना संक्रमण वारे झुटो अफवाह फैलाएको अभियोगमा पर्वत मोदी ७ घर भई पोखरा ५ बस्ने २९ वर्षीय ईश्वर
रिमाल र चितवन भरतपुर ४ घर भई पोखरा ०९ नयाँबजार बस्ने २२ वर्षीय निरज लम्साल पक्राउ परेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुबास हमालले जानकारी दिए।
प्रहरीले उनीहरुमाथि प्रदेश जनस्वास्थ्य प्रयोगशाला गण्डकीबाट गराएको कोभिड १९ को परीक्षण रिपोर्टलाई भ्रमपूर्ण बनाएर सामाजिक सञ्जालमा राखि अफवाह फैलाएको आरोप लगाएको छ ।
प्रहरीले जिल्ला प्रशासन कार्यालय कास्कीबाट प्रतिवादीहरु बिरुद्ध झुट्टा अफवाह फैलाउन नहुने मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान अगाडी बढाएको प्रबक्ता हमालले बताए ।
Related