पोखराको कोभिड उपचार केन्द्रमा कोरोना संक्रमणबाट स्याङ्जाका ८५ वर्षे पुरुषको मृत्यु
"प्रदेशका २३ जनाले काेराेनाकै कारण ज्यान गुमाए "
तपाईको प्रतिक्रिया





कोरोना भाइरस संक्रमणका कारण गण्डकी प्रदेशमा थप एक जनाको निधन भएको छ ।
पोखरा स्वास्थ्य प्रतिठान कोभिड उपचार केन्द्रमा उपचारका क्रममा शनिबार बिहान स्याङ्जाका ८५ वर्षे पुरुषकाे मृत्यु भएकाे छ ।
अस्पताल पाेखरामा उपचाररत पुतलीबजार नगरपालिका १ का ती पुरुषकाे बिहान मृत्यु भएकाे पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए ।
काेराेना संक्रमणपछि उनी २४ गते अस्पताल भर्ना भएका थिए । उनकाे काेभिड उपचार केन्द्रकाे आइसियु कक्षमा राखेर उपचार हुँदै आएकाे थियाे ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा काेराेनापछि मृत्यु हुने उनी दसाैं व्यक्ति हुन् । हालसम्म प्रदेशका २३ जनाले काेराेनाकै कारण ज्यान गुमाएका छन् ।
कास्कीका ७, गोरखाका ४, तनहुँ, नवलपुर र स्याङ्जाका ३/३, म्याग्दी, लमजुङ र बागलुङका १/१ संक्रमितको मृत्यु भएको छ ।
Related