पोखरामा दाहासंस्कार भइसकेकी महिलामा कोरोना संक्रमण,सयौं ब्याक्ति कन्ट्र्याक ट्रेसिङमा
"सयौं ब्याक्तिहरु कन्ट्र्याक ट्रेसिङमा "
तपाईको प्रतिक्रिया





पोखरामा दाहासंस्कार भइसकेकी ४५ बर्षिय महिलाको कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
पोखराको गैह्रापाटनस्थित रहेको फिष्टेल अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएकी महिलाको दाहासंस्कार भइसकेपछि शनिबार कोरोना संक्रमण पोजेटिभ आएको हो ।
स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोद विन्दु शर्माले फिष्टेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी पोखरा ५ मालेपाटनकी महिलाको स्वाब परिक्षणमा कोरोना पोजेटिभ देखिएको बताए।
उनको शुक्रबार नै धार्मिक परम्परा अनुसार पोखरा स्थित रामघाटमा दाह संस्कार गरिएको थियो ।
उनलाई अन्तिम श्रद्धाञ्जली दिन गण्डकी प्रदेशका सांसद रामजी बराल (जीवन), सांसद राजिव पहारी लगायत थुप्रै हाइप्रोफाइल ब्याक्तित्वहरु रामघाट पुगेका थिए।
मृतक महिलामा संक्रमण पुष्टि भएपछि सयौं ब्याक्तिहरु कन्ट्र्याक ट्रेसिङमा परेका छन्।
Related