• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

लडाकु नेताकारुपमा परिचित नेता गुरुङको अन्त्येष्टि, पार्टीमा गम्भीर क्षति पुगेभन्दै दुःख व्यक्त

  •    शुभेच्छा न्यूज  /२९ भाद्र २०७७, सोमबार २०:०६ ,  प्रकाशीत
  • नेपाली काँग्रेस कास्कीका नेता भोजबहादुर गुरुङ‘सिकन्दर’ को सोमबार अन्त्येष्टि गरिएको छ ।

    पोखरा रामघाटस्थित बौद्व अर्घाै सदनमा बौद्व परम्परा अनुसार अन्त्येष्टि गरिएको हो ।

    अन्त्येष्टि अघि पोखरा ५ पस्र्याङस्थित गुरुङ निवासमा नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महत, पूर्व महामन्त्री

    तारानाथ रानाभाट, नेता शुक्रराज शर्मा, कास्की काँग्रेस सभापति कृष्ण केसी र पूर्व सभापति यज्ञबहादुर थापाले पार्टीको चार तारे झण्डा ओढाएर अन्तिम श्रद्वाञ्जली अर्पण गरेको कास्की काँग्रेसका प्रवत्ता नवीन सिग्देलले जानकारी दिए ।

    श्रद्वाञ्जली अर्पणका लागि पार्टीका नेता, सयौं कार्यकर्ता र शुभेच्छुक पुगेका थिए । निवासदेखि बौद्व अर्घाै सदनसम्म शवयात्रा गरिएको थियो ।

    केही समय अघिदेखि हेपाटाइटिसबाट प्रभावित गुरुङको उपचारका क्रममा पोखराको गण्डकी मेडिकल कलेजमा आइतबार दिउँसो निधन भएको हो । उनी ५८ वर्षका थिए । उनका १ श्रीमती र दुई छोरा छन् ।

    २०१९ साल असार २९ गते कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ४ भदौरे, देउरालीमा जन्मेका गुरुङ हाल पोखरा ५ पस्र्याङमा बस्दै आएका थिए ।

    गुरुङ पार्टीभित्र इमान्दार, निष्ठावान, सरल र त्यागि नेताका रुपमा लोकप्रिय थिए । २०३६ र २०४६ को क्रान्तिमा अग्रमोर्चामा रहेर भूमिका निर्वाह गरेका गुरुङ निडर र स्पष्ट वत्ता थिए ।

    बिना स्वार्थ पार्टीको शशक्तिकरण र कार्यकर्ताको समस्या बारेमा खुलेर बोल्न सक्ने नेताकोे छवि बनाएका थिए । उनी पछिल्लो पटक कास्की क्षेत्र नं ३(ख) प्रदेशसभामा उम्मेदवार बनेका थिए ।

    यसैबीच, नेपाली काँग्रेस कास्कीले सोमबार शोक विज्ञप्ति प्रकाशित गरी गुरुङको निधनले पार्टी स्तब्ध भएको जनाएको छ ।

    कास्की काँग्रेसका सभापति कृष्ण केसीद्वारा प्रकाशित शोक विज्ञप्तिमा नेपाल विद्यार्थी संघमा क्रियाशिल रहँदा देखिनै जुझारु क्रान्तिकारी स्वभावका गुरुङ निष्ठावान, इमान्दार, त्यागी, निडर र निस्वार्थी स्वभावको भएको उल्लेख छ ।

    विद्यार्थी आन्दोलनमा पटक पटक नेतृत्वदायी भूमिका निर्वाह गरेका उनी युवा तरुणबीच प्रिय नेताका रुपमा परिचित रहेको र पंचायती व्यवस्था विरुद्धको आन्दोलनसहित नेपालको प्रजातान्त्रिक आन्दोलनहरुमा अग्रपंक्तिमा रही महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाइएको छ ।

    सिद्धान्तप्रति निष्ठावान, कर्मशील, निडर र प्रष्ट नेता गुरुङको निधनले नेपाली काँग्रेस कास्कीको संगठनमा गम्भीर क्षति पुगेको भन्दै दुःख व्यक्त गरिएको छ ।

    शोक विज्ञप्तिमा दिवंगत आत्माको चीरशान्तिको कामनासहित शोक सन्तप्त पिता लोकबहादुर गुरुङ, धर्मपत्नीे देवी गुरुङ, छोराहरु अभिनास गुरुङ, अनिश गुरुङसहितका सम्पूर्ण परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.