• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा २८ सहित गण्डकी प्रदेशमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि

"संक्रमितको सख्या ३ हजार १ सय ६६  "
  •    शुभेच्छा न्यूज  /३१ भाद्र २०७७, बुधबार ०९:११ ,  प्रकाशीत
  • गण्डकी प्रदेशमा बुधबार बिहान थप ५० जनामा कोरोना (कोभिड १९)संक्रमण पुष्टि भएको छ ।

    क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा भएको परीक्षणमा ५० जनामा कोराना संक्रमण पुष्टि भएको हो ।

    कास्कीमा २९ जना, गोरखामा १३ जना, तनहुँमा ५ जना र बागलुङमा ३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

    कास्कीको पोखरा महानगरपालिकामा २८ जना र रुपा गाउँपालिकामा १ जनामा कोरोना देखीएको उनले जानकारी दिए । पोखरा महानगरपालिका ४ का ८ जना पुरुषहरु नेपाल प्रहरीमा कार्यरत हुन् ।

    वार्ड नम्बर १५ का ४० बर्षका २ जना पुरुषहरु, वार्ड नम्बर २७ का २८ बर्षीय पुरुष, वार्ड नम्बर ६ का २१ बर्षीय पुरुष गरि ४

    जना भारतबाट आई क्वारेन्टाइनमा बसेका छन् । रुपा गाउँपालिका १ का २७ बर्षीय पुरुष ईलामबाट आई क्वारेन्टाइनमा बसेका हुन् ।

    २५ बर्षीय महिला पृथ्वीचोक स्थित पश्चिमान्चल सामुदायिक अस्पतालमा कार्यरत कर्मचारी हुन् ।

    त्यसै गरी तनहुँको घिरिंगका तीनैजना पुरुष भारतबाट आएर क्वारेन्टाइनमा बसेकामा देखिएको शर्माले जानकारी दिए ।

    बाग्लुङ गल्कोट ३ र बाग्लुङ १ का क्रमशः ३७ र ४६ बर्षीय गरि २ जना पुरुष भारतबाट आई क्वारेन्टाइनमा बसेको उनले जानकारी दिए । अन्य सबै संक्रमित व्यक्ति कन्ट्याक्ट ट्रेसिङकाबाट पहिचान भएको शर्माले जानकारी दिए ।

    गण्डकी प्रदेशमा अहिले सम्म संक्रमितको सख्या ३ हजार १ सय ६६ पुगेको छ । हालसम्म १ हजार ९ सय २ जना निको भइसकेका छन् ।

    गण्डकी प्रदेशमा कोरोनको संक्रमणका कारण मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.