पोखरा महानगरले सिभिल र अटो इन्जिनीयरिङ अध्यायन गराउदै
"सिटमा पूर्ण छात्रवृत्ति ६ वटा कोटामा सहुलियत र ३२ वटा कोटामा खुला तर्फ "
तपाईको प्रतिक्रिया





पोखरामा दक्ष जनशपक्त उत्पादन गर्ने उदेस्यले प्राविधिक डिप्लोमा इन सिभिल इन्जिनीयरिङ र अटोमोबाइल इन्जिनीयरिङको पढाई हुने भएको छ ।
पोखरामा पहिलोपटक पोखरा महानगरपालिकाले सञ्चालनमा ल्याएको गण्डकी बहुप्रविविधक शिक्षालयमा डिप्लोमा इन सिभिल इन्जिनीयरिङ र अटोमोबाइल इन्जिनीयरिङको पढाई शुरु गर्न लागेको हो ।
तीन वर्षे कोर्षको लागि शिक्षालयले भर्नाका लागि आवेदन खुला गरिसकेको पोखरा महानगरपालिका शिक्षा महाशाखाले जानकारी दिएको छ ।
दुवै बिषय अध्यायन गर्नका लागि एसईई उत्तीर्ण विद्यार्थीले असोज १५ गतेसम्म आवदेन दिन सक्ने शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले जानकारी दिए ।
शिक्षालयमा अध्यायन गर्नका लागि दुई विषयमा ४८ जनाको कोटा निर्धारण गरि छात्रवृत्तिको समेत व्यवस्था गरिएको आचार्य बताए ।
अचार्यका अनुसार शिक्षलयमा अध्यायन गर्ने विद्यार्थीका लागि १० वटा सितमा पूर्ण छात्रवृत्ति, ६ वटा कोटामा सहुलियत र ३२ वटा कोटामा खुला तर्फका रहेका छन् ।
महानगरपालिकाले बजारको मागका आधारमा दक्ष प्राविधिक जनशक्ति उत्पादनको लक्ष्यसहित ‘गण्डकी बहुप्राविधिक शिक्षालय’ स्थापना गरेको हो ।
अटोमोबाइल इन्जिनीयरिङ सम्बन्धी आवश्यक सीपको अभावमा युवा बेरोजगार बस्नुपर्ने बाध्यता रहेको अवस्थामा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य अनुसार अटोमोवाइल इन्जिनीयरिङको अध्यापन शुरू गरेको हो ।
महानगरले प्राविधिक शिक्षा तथा तालीम परिषद् (सीटीईभीटी)बाट सम्बन्धन लिएर वडा नं २९ भण्डारढीकमा स्थापना गरेको बहुप्राविधिक शिक्षालयबाट प्राविधिक विषयमा अध्यापन गराउने छ।
यस वर्ष दुई प्राविधिक विषय अध्यापन शुरु गरिएपनि शिक्षालयको पूर्वाधार निर्माण सम्पन्न भएपछि प्राविधिक तफका अन्य विषयहरुमा समेत कक्षाहरु सञ्चालन गर्ने योजना रहेको छ।
शिक्षालयमा सिभिल इन्जिनीयरिङका लागि तीन वर्षको १ लाख ९५ हजार शुल्क निर्धारण गरिएको छ।त्यसैगरी अटोमोबाइलको एक लाख ७५ हजार तोकिएको छ ।
शिक्षालयको पूर्वाधार निर्माण सम्पन्न नहुदासम्म जनप्रकाश माध्यामिक विद्यालयमा कक्षा सञ्चालन गर्ने योजना बनाएको महानगरले बताएको छ ।
Related