• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकी बहुप्राविधिकमा पढ्ने विद्यार्थीलाई वडा कार्यालयको छात्रवृत्ति

  •    शुभेच्छा न्यूज  /३ आश्विन २०७७, शनिबार १४:१२ ,  प्रकाशीत
  • गण्डकी बहुप्राविधिकमा पढ्ने विद्यार्थीलाई वडा कार्यालयको छात्रवृत्ति पोखरा महानगरद्वारा सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयमा

    सिभिल तथा अटो मोबाइल इन्जिनियरिङ अध्ययनका लागि वडा कार्यालहरुले समेत छात्रवृत्ति दिने भएका छन् ।

    वडा नम्बर १३ का वडा अध्यक्ष लेखबहादुर तामाङ ‘दर्शन लामा’ ले फेसबुकमा स्टाटस लेख्दै छात्रवृति सम्बन्धी सूचना सार्वजनिक गरेका छन् ।

    उक्त सूचनामा भनिएको छ, ‘पोखरा महानगरद्वारा सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयद्वारा आह्वान गरिएको सिभिल र अटो

    मोबाइल विषयमा छनोट भएका विद्यार्थी मध्ये वडा नम्बर १३ स्थायी निवासी एक विपन्न तथा जेहेन्दार विद्यार्थीलाई वडा कार्यालयको तर्फबाट तीन वर्षे कोर्ष छात्रवृत्ति प्रदान गरिने छ । ’

    वडा नम्बर १९ का अध्यक्ष तथा सचेतक शोभामोहन पौडेलले फेसबुक स्टाटसमा लेखेर छात्रवृत्तिको समन्वय गरिदिन वडा कार्यालयहरुलाई आह्वान गरेका छन् ।

    वडा नम्बर २७ का अध्यक्ष पूर्णकुमार गुरुङले वडामा बसोबास गर्ने अति विपन्न र जेहेन्दार विद्यार्थीलाई प्राथमिकता दिएर छात्रवृत्ति उपलब्ध गराउने बताए । वडा नम्बर २८ का अध्यक्ष निर्मल दियाली सुनारले आफ्नो वडाका २ जनालाई निशुल्क पढाउने बताए ।

    वडा नम्बर ५, ७, १३,१८,२०,२१,२४,२६,२७, २८,२९,३०,३१ का वडा अध्यक्षहरुले प्रवेश परीक्षामा उत्तीर्ण हुने एक जना आफ्नो वडामा स्थायी बसोबास भएकाहरुलाई छात्रवृत्ति उपलब्ध गराउने पोखरा महानगरपालिका शिक्षा महाशाखाले बताएको छ ।

    वडा नम्बर १,१६,१७,१९,२२,३२,३३ लगायतका वडाहरुले पनि एक जनालाई छात्रवृत्ति उपलब्ध गराउने विषयमा वडा कार्यालयमा छलफल भइरहेको बताएका छन् ।

    यो बाहेक गण्डकी बहुप्राविधिक शिक्षालयले सिटिइभिटीबाट छनोट भएर आएका प्रति शंकाय ४ जना, प्रवेश परीक्षा उत्कृष्ट हुने प्रति

    शंकाय एक जना, महानगर छात्रवृत्ति प्रति शंकाय ५ जना तथा महानगर सहुलियत कोटामा ६ जनालाई छात्रवृत्ति प्रदान गरिने शिक्षालय सञ्चालक समितिका सदस्य एव वडा नम्बर २९ का अध्यक्ष चेतबहादुर गुरुङले बताए ।

    शिक्षालयले एक सूचना जारी गरेर असोज १५ गतेसम्म भर्नाका लागि आवदेन दिन सकिने बताएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.