९५ लाखको कारोवार गर्दै हेमजामा आलु महोत्सव सम्पन्न
/३० चैत्र २०७४, शुक्रबार १४:४४ , प्रकाशीत
कास्की ३० चैत। स्थानीय कृषकहरुको उत्पादनलाई प्रोसाहन गर्ने उदेस्यले आयाजित नवौं राष्ट्रिय हेमजा आलु महोत्सव शुक्रबार सम्पन्न भएकोछ। महोत्सवमा ९५ लाखको आलुको कारोवार भएको महोत्सव आयोजक समितिले जानकारी दिएको छ। महोत्सवमा ६२ हजार दर्शकले मेला अवलोकन गरेको महोत्सव मुल आयोजक समितिका संयोजक सुविन श्रेष्ठले बताए। ‘हामीले गरेको अपेक्षा अनुसार दर्शकको सहभागिता रह्यो’ उनले भने। ‘उदेस्य अनुरुप मेलामा कारोवार भएको छ।’
महोत्सवको समापन कार्यक्रममा बोल्दै प्रदेश नं.४ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले हेमजा शित भण्डार निर्माणका लागि मन्त्रलायले पहल गर्ने बताए। उनले आलु महोत्सव र उत्पादनकै कारण हेमजालाई राष्ट्रिय तथा अन्तराष्ट्रि स्तरमा चिनिएको बताए। सरकाले कृषकका लागि समन्वयकारी भूमिका निर्वाह गर्ने मन्त्री थापाले बताए। ‘अवको जमाना खेती गर्ने किसानको हो। किसानका लागि राज्यले सवै ढोका खुल्ला राख्ने छ’–मन्त्री थापाले भने–‘अवको सरकारले किसानका हितमा योजना ल्याउने छ।’
कार्यक्रममा उत्कृष्ट कृषि स्टल तर्फ कामधेनु कृषक समूह, उत्कृष्ट व्यापारिक स्टल तर्फ सुजीत एण्ड स्वेता स्टोर्स र उत्कृष्ट रेष्टुरेण्ट्र तर्फ न्यू रिसिड्ड तनहँुले पुरस्कार प्राप्त गरेका छन्।
महोत्सव अवधिभर उत्कृष्ट नृत्य गर्नेलाई पनि पुरस्कार प्रदान गरिएको थियो। महोत्सव उत्कृष्ट नृत्य गरेवापत लामा चौतारा खुट्टाको गौंडा आमा समूहले च्याङ्ग्रा पाप्त गरेको छ। त्यसैगरी राधा कृष्ण आमा समूहले ३ हजार, पोखरा–२५ हेमजाका डम्वरबहादुर खड्काले भाले, धम्पुसका नरेश विकले पोथी तथा पोखरा–१० रामवजारका चन्द्रबहादुर गुरुङ, सानु गुरुङ तथा पोखरा–९ का कमल कार्कीले १÷१ हजार प्राप्त गरेका छन्।
महोत्सवमा क्षेत्रीय स्तरको राष्ट्रपति उत्कृष्ट पुरस्कारबाट ५ जनालाई पुरस्कृति गरिएको थियो। पुरस्कृत हुनेहरुमा गोर्खाका गाई फार्मका राजेन्द्रराज पन्त, स्याड्डजाका सुन्तला खेती किसान रामप्रसाद भण्डारी, अर्घाखाचीका किसान गणेशप्रसाद वञ्जाडे, गुल्मीका किसान विनबहादुर कुँवर र लम्जुङका किसान कृष्णप्रसाद वजगाई रहेको प्रदेश नं.४ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रलायका उपसचिव माधवप्रसाद लम्सालले जानकारी दिए।

Related