पोखरामा ५ जना संक्रमित थपिए, गण्डकी प्रदेशमा संक्रमितको संख्या ३ हजार ८ सय ४
"गण्डकी प्रदेशमा संक्रमितको संख्या ३ हजार ८ सय ४ "
तपाईको प्रतिक्रिया





गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा पोखरा महानगरपालिकाका ५ जना र माछापुच्छ«े गाँउपालिकाका १ जना रहेका छन् ।
संक्रमित माछापुच्छे« गाँउपालिका वडा नम्बर ३ का ५७ वर्षिय पुरुष रहेका छन् ।
त्यस्तै पोखरा महानगरका वडा नम्बर १२ का २२ वर्षिय पुरुष , वडा १० का ३६ वर्षिय पुरुष , वडा ८ की १७ वर्षिय महिला, वडा २५ का २६ वर्षिय पुरुष र वडा ५ का ५७ वर्षिय पुरुष रहेका छन् ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ८ पुगेको छ ।गण्डकीमा मृतकको संख्या ३२ पुगेको छ ।
कोरोनाबाट मृत्यु हुनेमा कास्कीका १०, गोरखा र नवलपुरका ६/६, तनहुँका ४, स्याङ्जाका ३, बागलुङ, म्याग्दी र लमजुङका १/१ जना छन् ।
Related