पोखरामा ६ प्रहरीसहित गण्डकीमा ३० जनामा कोरोना संक्रमण पुष्टि
"संक्रमितको सँख्या ३ हजार ४ सय ३८ "
तपाईको प्रतिक्रिया





गण्डकी प्रदेशमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
तनहुँ, कास्की र लमजुमा जिल्लामा थप संक्रमित पत्ता लागेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
लमजुङमा १५, कास्कीमा १३ र तनहुँमा २ जनामा संक्रमण देखिएको हो ।
कास्की पोखरामहागर ७ का ६ जना नेपाल प्रहरी हुन् । तनहुँका दुवैजना महिला जीपी कोइराला स्वास्प्रश्वास उपचार केन्द्रमा उपचाररत छन् ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सँख्या ३ हजार ४ सय ३८ पुगेको छ ।
Related