तनहुँमा बाबुको हत्यापछि खाडल खनेर पुरेको आरोपमा छोरा पक्राउ
"हत्या गरेको अभियोगमा आफ्नै २१ बर्षीय छोरालाई पक्राउ "
तपाईको प्रतिक्रिया





जिल्ला प्रहरी कार्यालय तनहुँले बाबुलाई हत्या गरेको अभियोगमा आफ्नै २१ बर्षीय छोरालाई पक्राउ गरेको छ ।
आबुखैरेनी गाउँपालिका वडा नम्बर-४ खस्राङ बस्ने २१ वर्षीय वीरमान गुरुङले आफ्नै ४१ बर्षीय बाबुलाई हत्या गरेर खाल्डो खनेर पुरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
गत भदौ ३१ गते हत्या गरी बाबुलाई खाडल खनेर पुरी दाहसस्कार गरेको सूचना पाएलगत्तै प्रहरीले उनलाई पक्राउ गरेको हो ।
तनहुँ प्रहरीले पक्राउ परेका बीरमानलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत तनहुँबाट म्याद थप लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Related