पश्चिमाञ्चल क्षेत्रिय अस्पतालले लक्षण देखिए मात्र कोरोना परीक्षण गर्ने
"आफ्नो इच्छाले स्वाब परीक्षण गराउन चाहनेहरुले पैसा तिरेर अस्पतालमै परीक्षण "
तपाईको प्रतिक्रिया





पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठन अन्तरगतको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालले लक्षण नभएका बिरामीको कोरोना परीक्षण नगर्ने भएको छ।
अस्पतालले सूचना जारी गर्दै अस्पतालको ज्वरो क्लिनिकले कोभिडको लक्षण प्रमाणित गरेपछि मात्रै परीक्षण गर्ने जानकारी दिएको हो।
स्वास्थ्य मन्त्रालयले समुदायमा कोरोना परीक्षण नगर्ने र लक्षण देखिएकाहरुको मात्रै परीक्षण गर्ने निर्देशन जारी गरेसँगै अस्पतालले यो निर्णय गरेको हो ।
अस्पतालले होम आइसोलेसन, क्वारेण्टिन वा संक्रमितको सम्पर्कमा आएकाहरुको परीक्षण पनि रोकेको छ ।
यस्ता व्यक्तिहरुले आफू बसेको स्थानीय तहमै सम्पर्क गर्न पनि अस्पतालले सुझाएको छ ।
आफ्नो इच्छाले स्वाब परीक्षण गराउन चाहनेहरुले पैसा तिरेर अस्पतालमै परीक्षण गर्न पाउने व्यवस्था मिलाइएको छ ।
Related