सरकारको निणर्य उल्लंघन गर्दै विद्यार्थी पढाएको आरोपमा होस्टेल सञ्चालिका पक्राउ
तपाईको प्रतिक्रिया





पोखरामा कोरोना भाइरस सम्बन्धी सरकारको निणर्य उल्लंघन गरेको आरोपमा एक होस्टेल सञ्चालिका पक्राउ परेकी छन् ।
पोखरा गैह्रापाटनमा विद्यार्थीलाई अल्ब्राइट होस्टेलमा पठनपाठन गरेको पाइएपछि ३२ वर्षीया सञ्चालिका सनसरी श्रेष्ठलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जनाएका छन् ।
श्रेष्ठलाई थप कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय कास्की लगिएको छ ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले विद्यालय, होस्टेल, व्यायामशाला सञ्चालन गर्न रोक लगाएको छ ।
Related