• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

रारा तालबाट प्रधानमन्त्रिको सम्बोधन,पाँचबर्षमा मुलुकमा विकास र समृद्धि

  •      /१ बैशाख २०७५, शनिबार ०४:३६ ,  प्रकाशीत
  • कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक रारा तालको किनारमा बसेको छ । बैठकले सडक र पर्यटन विकासलाई पहिलो प्राथामिकतामा राख्ने निर्णय गरेको छ।शुक्रबार साँझ पौने छ बजेबाट रारा तालको किनारमा बसेको प्रदेश सरकारको बैठकले कर्णाली प्रदेशका सबै जिल्लामा पर्यटकीय स्थलको पहिचान गर्ने, प्रचार–प्रसार गर्ने, प्रदेशको गुरुयोजना निर्माण गर्ने र कर्णालीको समृद्धिको ढोका खोल्ने गरी आवश्यक पहल गर्न केन्द्र सरकारलाई जानकारी गराउने निर्णय गरेको छ ।

    त्यस्तै प्रदेश सरकारले नाग्मदेखि रारासम्मको सडक कालोपत्रे गर्ने, हिल्सा, सुर्खेतदेखि कोहलपुरसम्मको सडकलाई दुर्त मार्गको रुपमा विकास गर्न केन्द्र सरकारलाई अनुरोध गर्ने, गमगढी नाक्चे लाग्ना सडकलाई राष्ट्रिय गौरवको आयोजनामा समेटेर निर्माण कार्यलाई अगाडि बढाउने गरी आवश्यक सहयोग गर्न अनुरोध गर्ने निर्णय गरेको छ।

    कर्णाली प्रदेश सरकारले रारामा पुगेर गरेका निर्णय उत्साहजनक भएको प्रतिक्रिया प्रधानमन्त्री केपी शर्मा ओलीले दिएका छन् । उनले जिम्मेवार भएर निर्णय कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारलाई निर्देशन समेत दिएका छन् । कर्णाली प्रदेश सरकारले गरेका निर्णयको प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री ओलीलाई जानकारी गराई सकेपछि प्रधानमन्त्री ओलीले प्रदेश सरकारले राम्रा निर्णय गरेको प्रतिक्रिया दिएका हुन् ।कर्णाली प्रदेश जल, जमिन, पर्यटन, धार्मिक पर्यटनलगायतका धेरै सम्भावना रहेकाले प्रदेश सरकारले पुरानो ढाँचामा नभई नयाँ ढाँचाले अगाडि बढ्नु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.