कोरोना कहरकै बीचमा सामुदायिक विद्यालयले सुरु गरे पठनपाठन
"एउटा कक्षामा बढीमा २५ राखी सञ्चालन गर्ने मापदण्ड "
तपाईको प्रतिक्रिया





फाइल फोटो
विद्यालयहरु सुरक्षा मापदण्ड अपनाई सञ्चालनमा आउन थालेका छन् ।
तनहुँको व्यास नगरपालिकाले विद्यालय सुरु गर्ने मापदण्ड तयारी गरी पठन पाठन सूचारु गर्न निर्देशन दिए सँगै सञ्चालनमा आउन थालेका हुन् ।
छ दिन भित्र सञ्चालनमा ल्याउने कार्य योजना बनाई नगरपालिकाको शिक्षा शाखाबाट अनुमोदन गराउन नगरपालिकाले निर्देशन दिएको हो ।
प्रार्थना, भिडभाड, खेलकुद जस्ता गतिविधी नगरी एउटा कक्षामा बढीमा २५ राखी सञ्चालन गर्ने मापदण्ड बनाई सूचारु गर्न भनेको
व्यास नगरपालिका शिक्षा शाखा प्रमुख नगेन्द्र प्रसाद रेग्मीले बताए ।
असोज १२ गते देखि सञ्चालन गर्नु पर्ने भनिएको र ग्रामिण क्षेत्रमा न्यून संख्यामा विद्यार्थी भएको स्थानका विद्यालयहरु सञ्चालनमा आई सकेको रेग्मीले बताए ।
मंगलबार नगरपालिकामा नगर प्रमुख वैकुष्ठ न्यौपानको उपस्थितीमा ७५ वटा सामुदायिक र ४५ वटा सस्थागत विद्यालयका
प्रधानाध्यापकहरुसँग बैठक बसि संघीय सरकारले जारी गरेको सिकाई निर्देशिका अनुसार सञ्चालनमा ल्याउन भनिएको शिक्षा शाखाले जनाएको छ ।
त्यसैगरी नवलपुरका केही सामुदायिक विद्यालयले स्वास्थ्य मापदण्ड अप्नाउदै पठनपाठन सुरु गरेका छन् ।
कावासोती नगरपालिका १२ पिठौलीमा रहेको शान्ति निकुञ्ज माध्यामिक विद्यालयले असोज १ गतेबाट कक्षा सञ्चालन गरेको छ ।
कक्षा ६ देखि १२ सम्म पढाई हुने यस विद्यालयमा सामाजिक दुरी कायम गरि स्वास्थ्य सतर्कता अपनाउँदै पठनपाठन सुरु गरिएको
विद्यालयका प्रध्यानाध्यापक हरि न्यौपानेले बताए ।
सरकारले वैकल्पिक सिकाई सहजीकरण निर्देशिका जारी गरेपछि अन्य विकल्प अपनाएर पठनपाठन सुरु गर्न सम्भव नभएको हुँदा कक्षा नै सञ्चालन गरिएको न्यौपानेको भनाई छ ।
विद्यालयमा विपन्न , पिछडिएको समुदाय बढी रहेको र ग्रामिण क्षेत्र समेत भएकाले अनलाईबाट पठाउन सम्भव नभएको न्यौपानेको भनाई छ ।
शैक्षिक सत्रभित्र पाठ्क्रम जसरी नि सक्नुपर्ने निर्देशिकामा भएकाले ११ कक्षा बाहेकका अन्य कक्षा सञ्चालन गरेको बताए।
कक्षा ६, ८ र १० का विद्यार्थी आईतबार , मंगलबार र बिहिबार विद्यालय आउछन् / कक्षा ७ , ९ र १२ का विद्यार्थी सोमबार , बुधबार र शुक्रबार आउछन् ।
एक दिनको ग्याप राखेर विद्यार्थी पढ्न आउँछन् । यस विद्यालयमा ३ सय ८० जना विद्यार्थी छन् ।
एउटा कक्षामा कम्तीमा २५ जनासम्म विद्यार्थी, एउटा बेन्चमा दुई जना मात्रै राखेर कक्षा सञ्चालन गरिएको छ ।
Related