• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

खोप पत्ता लाग्नुअघि २० लाख संक्रमितको मृत्यु हुने डब्लुएचओको चेतावनी

  •    शुभेच्छा न्यूज  /१० आश्विन २०७७, शनिबार ११:५९ ,  प्रकाशीत
  • विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनाविरुद्धको खोप पत्ता लाग्नुअघि विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० लाख पुग्न सक्ने चेतावनी दिएको छ ।

    करिब १० लाम मानिसको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको र अझै १० लाख मानिसले मृत्यु हुन सक्ने डब्लुएसओले चेतावनी दिएको हो ।

    डब्लुएचओका आपतकालीन सेवाका प्रमुख डा. माइक रायनले कोरोनाबिरुद्धको खोप अझै तयार भइनसकेको र खोप आउदासम्म थप १० लाखको मृत्यु हुनसक् चेतावनी दिएका हुन् ।

    कोरोना संक्रमणबाट जोगिन एकीकृत र प्रभावकारी कदम चाल्नुपर्नेमा समेत रायनले जोड दिए ।

    सन् २०१९ को डिसेम्बरबाट चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस संक्रमणले तीन करोड २० लाखभन्दा धेरैलाई संक्रमण भइसकेको छ ।

    रायनले कोरोना महामारी रोक्न राम्रो उपचार र प्रभावकारी खोपमात्रै सबथोक नभएको भन्दै त्यसका लागि सबै देशका सरकारहरुले कोरोना नियन्त्रणका लागि सम्भव भएसम्मका सबै उपाय कडाइका साथ अपनाउनुपर्नेमा उनले जोड दिए ।

    अहिलेसम्म अमेरिका, भारत र ब्राजिल र युरोपियन देश कोरोनाबाट सबैभन्दा बढी प्रभावित छन् । संक्रमितको ठुलो हिस्सा यी मुलुकमा छ ।

    डा. रायनले निकै फराकिलो दायरामा कोरोना फैलिएको र यसले चिन्ताजनक अवस्था सृजना गरिदिएको बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.