• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराको पश्चिमाञ्चल अस्पताल र पोखरा एअरपोर्टमा फ्री वाइफाई सुरु

  •      /१ बैशाख २०७५, शनिबार ०६:२८ ,  प्रकाशीत
  • पोखरा । पोखरा लेखनाथ महानगरपालिकाले परिक्षणकारुपमा पोखराका दुई स्थानमा निशुल्क वाइफाई ((फ्री वाईफाई) इन्टरनेटको व्यवस्था गरेको छ । नयाँ बर्षको पहिलो दिन पारेर महानगरले पोखराका दुई स्थान पश्चिमाञ्चल अस्पताल (पश्चिमाञ्चल स्वास्थ्य प्रतिष्ठान) र पोखरा एअरपोर्टमा फ्री वाइफाईको ब्यबस्था गरेको हो।
    स्थानीय निकायको निर्वाचनमा पोखराको विभिन्न स्थानमा निशुल्क वाईफाइको ब्यवस्था गर्ने प्रतिबद्धता ब्याक्त गरेका प्रमुख मानबहादुर जिसीलेको पहलमा पहिलो पटक फ्री वाइफाईको ब्यबस्था गरिएको हो।
    फ्री वाइफाईको उद्घाटन प्रदेश नम्वर ४ का मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले गरेका छन्। वाईफाईको उद्घाटन गर्दै गुरुङले बाम गठबन्धनले निर्वाचनका बेला गरेको प्रतिबद्धता अनुसार फ्री वाइफाईको ब्यवस्था मिलाएको बताए। ‘गठबन्धनले ५ बर्ष भित्र देशभर फ्री वाइफाईको ब्यवस्थ गर्ने भनी गरेको प्रतिबद्धताको सुरुवात भएको छ’ उनले भने। ‘अब, क्रमश प्रदेशको अन्य स्थानहरुमा पनि बिश्तार हुनेछ।’
    पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले फ्री वाइफाईको पहिलो प्राथमिकता हस्पिटल, बसपार्क लगायतका स्थान परेको बताए। ‘पहिलो पटक सुरुवात पश्चिमाञ्चल स्वास्थ्य प्रतिष्ठानबाट गरेका छौं’ उनले भने। ‘अब क्रमश पोखराको अन्य स्थानहरुमा समेत निशुल्क वाईफाइको ब्यवस्था मिलाउदै जानेछौ।’

     

     

     

     

    फ्री वाइफाईले सर्वसाधारणलाई सहज रुपमा सूचना आदान प्रदान गर्न र सूसुचित हुन सहयोग पुग्ने उनको विश्वास थियो । जिसीले आफुले निर्वाचनको वेला जनतासंग गरेको प्रतिबद्धता अनुरुप फ्री वाइफाईको ब्यवस्था मिलाएको बताए। ‘अब, क्रमश महानगरको विभिन्न स्थानहरुमा समेत ब्यवस्था मिलाउदै जाने छौं’उनले भने। ‘हामी ब्याक्तगरेको प्रतिबद्धता पुरा गर्ने दिशा तर्फ उन्मुख हुन्छौ।’
    वल्डलिङको प्राविधिक सहयोगमा जडानगरिएको फ्री वाइफाई चलाउने ब्याक्तिले ५ एमविपिएस बराबरको इन्टरनेट गती प्राप्त गर्नेछन् । इन्टरनेट कनेक्ट भएको १ घण्टा सम्म मात्र उक्त मोवाइलमा फ्री इन्टरनेट चल्ने ब्यवस्था मिलाइएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.