पोखरा सहित कास्कीका विभिन्न स्थानमा विद्युत अवरुद्द हुने
"पोखरा महानगरपालिका र माछापुच्छ्रे गउँपालिकाका केही ठाउँमा विद्युत अवरुद्द हुने "
तपाईको प्रतिक्रिया





पोखरा सहित कास्कीका केही ठाउँमा विद्युत अवरुद्द हुने भएको छ ।
मर्मत सम्हारका लागि आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म विद्युत प्रवाह रोकिने नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्र पोखराले जनाएको छ ।
केन्द्रका अनुसार तातोपानी फिडरबाट विद्युत प्रवाह हुने पोखरा महानगरपालिका र माछापुच्छ्रे गउँपालिकाका केही ठाउँमा विद्युत अवरुद्द हुने छ ।
केन्द्रले तातोपानी फिडर अन्तर्गतका फूलबारी, केआई सिंह पुल, लामाचौर, बाटुलेचौर, भलाम, काहुँ, अर्मला, सिल्दुजुरे, पुरन्चौर, भुर्जङखोला, माछापुच्छ्रे गउँपालिकाको लाहाचोक र घाचोक लगायतका ठाउँहरुमा विद्युत वितरण गर्दै आएको छ।
मर्मत कार्य सकिएपछि विद्युत नियमित सूचारु हुने केन्द्रले जनाएको छ ।
Related