• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा महानगरमा मनोमानी भएको कांग्रेसबाट निर्वाचित वडाध्यक्षको आरोप

"महानगरपालिकाको आर्थिक प्रशासन, कर्मचारी व्यवस्थापन र सुशासनप्रति चिन्ता व्यक्त  "
  •    शुभेच्छा न्यूज  /११ आश्विन २०७७, आईतवार १०:५३ ,  प्रकाशीत
  • पोखरा महानगरपालिकामा कांग्रेसका तर्फबाट निर्वाचित ११ वडा अध्यक्षहरुले महानगरपालिकामा भइरहेको पछिल्लो गतिविधिप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।

    महानगरपालिकाको आर्थिक प्रशासन, कर्मचारी व्यवस्थापन र सुशासनप्रति चिन्ता व्यक्त गर्दै पछिल्ला गतिविधिप्रति ध्यानाकर्षण भएको जनाएका हुन् ।

    ११ जना वडाध्यक्षहरुको तर्फबाट दलको नेता तथा सचेतक रामराज लामिछानेले आइतबार विज्ञप्ति जारी गरी महानगरपालिकामा

    आस्थाकै आधारमा राम्रो काम गर्ने कर्मचारी कारवाहीमा परेको र नराम्रो काम गर्ने कर्मचारी संरक्षित बनेको उल्लेख गरेका छन् ।

    विज्ञप्तिमा राजस्व शाखाका तत्कालीन प्रमुखबाट आर्थिक अनियमितता भएको विषयलाई उजागर गर्ने स्पष्ट र इमानदार लेखा

    प्रमुखलाई उल्टै स्पष्टीकरण सोधिएकोमा आपत्ती जनाउँदै आर्थिक अनियमितताको पनि उजागर हुने डरले अहिले लेखा प्रमुखलाई सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएकोमा निन्दा गरिएको छ ।

    स्पष्टीकरण सोध्दा प्रमुख प्रशासकीय अधिकृतबाट सोध्नुपर्नेमा नियम विपरीत महानगर प्रमुखबाट सोधिनु आर्थिक अनियमितता ढाकछोप गर्न प्रपञ्च रचिएको पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ ।

    त्यस्तै, महानगरपालिकामा कर्मचारीहरुको व्यवस्थापन, योग्यता र क्षमताका आधारमा नभई राजनैतिक आस्थाका आधारमा गरिएकोप्रति ध्यानाकर्षण भएको जनाइएको छ ।

    विज्ञप्तिमा विभिन्न कार्यक्रमका नाममा महानगरमा अस्थायी तथा करारमा भर्ना भएका प्राविधिक तथा अन्य कर्मचारीहरु विभिन्न शाखामा

    प्रमुखको जिम्मेवारीमा नै कार्यरत रहेको र अर्काेतिर आस्थाकै आधारमा स्थायी तथा वरिष्ठ कर्मचारीहरुलाई जिम्मेवारीबाट पन्छाउने गरिएकोभन्दै निन्दा गरिएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.