• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सिभिल र अटो इन्जिनियरिङमा अध्ययन गर्ने दुई छात्रालाई उपप्रमुखसंग महिला कार्यक्रमले छात्रवृत्ति दिने

  •    शुभेच्छा न्यूज  /११ आश्विन २०७७, आईतवार १९:२७ ,  प्रकाशीत
  • पोखरा महानगरद्वारा सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयमा सिभिल तथा अटो मोबाइल इन्जिनियरिङ अध्ययनका लागि गरिव तथा जेहेन्दार दुई छात्रालाई छात्रबृत्ति प्रदान गरिने भएको छ ।

    पोखरा महानगरले सञ्चालन गरेको उपप्रमुखसंग महिला कार्यक्रम मार्फत सिभिल तथा अटोमोबाइल इन्जिनियरिङमा दुई जना छात्रालाई छात्रबृत्ति प्रदान गर्ने निर्णय गरेको हो ।

    पोखरा महानगरपालिकाका उपप्रमुख एवं कार्यक्रमका संयोजक मञ्जुदेवी गुरुङको अध्यक्षतामा आइतबार बसेको बैठकले दुई छात्रालाई उपप्रमुखसंग महिला कार्यक्रम मार्फत छात्रबृत्ति उपलब्ध गराउने निर्णय भएको हो ।

    पोखरा महानगरका ३३ वटै वडाका गरिव तथा जेहेन्दार छात्रालाई मध्यबाट दुई जनालाई अध्ययनका लागि लाग्ने सम्पूर्ण खर्च

    उपप्रमुखसंग महिला कार्यक्रमबाट ब्यहोर्ने छौ उपप्रमुख गुरुङले भनिन,‘ सिभिलमा अध्ययन गर्ने महिलाहरु भएपनि अटोमोबाइल इन्जिनियरिङ अध्ययन्मा प्रोत्साहित गर्न छात्रबृत्ति प्रदान गर्ने निर्णय गरेका हौ ।’

    अध्ययन गर्न चाहने छात्राहरुले भदौ १५ गतेभित्र प्रवेश परिक्षाका लागि फर्म भर्न अनुरोध गरिएको छ । ३३ वटै वडाबाट फर्म भरेर प्रवेश परिक्षामा उत्कृष्ट छात्रालाई छात्रबृत्ति प्रदान गरिने छ ।

    इन्जिनियरिङ क्षेत्रमा महिलाहरुको सहभागीता कम छ उपप्रमुख गुरुङले भनिन्, ‘तर अटोमोबाइल पढन रुचि नदेखाउने भएकाले सबै क्षेत्रमा महिला अब्बल बन्नुपर्छ भन्ने सन्देश दिन र आत्मबल बढाउन छात्रबृत्ति प्रदान गरिएको हो ।’

    शिक्षालय सञ्चालनले यस क्षेत्रमा खड्किएको दक्ष जनशक्तिको मागलाई पूरा गर्ने विश्वास लिइएको छ ।

    बहुप्राविधिक शिक्षालयले असोज १५ गतेसम्म भर्नाका लागि आवदेन दिन सकिने बताएको छ ।

    पोखरा २९ भण्डारढिकमा रहेको गण्डकी बहुप्राविधिक शिक्षालयमा डिप्लोमा इन सिभिल इन्जिनियरिङ र डिप्लोमा इन सिभिल इन्जिनियरिङको पढाइ यसैवर्षदेखि सुरु हुँदैछ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.