गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नवलपुरका सात जना संक्रमित मध्ये गैडाकोटका चार जना, कावासोतीका दुई जना र देवचुलीका एक जना रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
तनहुँमा ८ जना संक्रमित थपिएका छन् । तनहुँका सबै संक्रमित व्यवास नगरपालिकाका हुन् । गोरखाको सहिद लाखन थापा, लमजुङको राइनास र स्याङ्जामा एक/एक जना संक्रमित थपिएका छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार नवलपुरका सबैजना आइसोलेसनमा छन् ।
स्याङ्जाका संक्रमित मणिपाल शिक्षण अस्पताल पोखरामा उपचाररत छन् । सबै कन्ट्र्याक ट्रेसिङका क्रममा संक्रमित भेटिएका हुन् ।
सोमबार थपिएका संक्रमित सहित गण्डकी प्रदेशमा अहिलेसम्म संक्रमितको संख्या तीन हजार ७९५ पुगेको छ ।
संक्रमित मध्ये अहिलेसम्म दुई हजार ६८९ जना निको भएका छन् । प्रदेशमा कोरोना संक्रमणकै कारण ३३ जनाको मृत्यु भएको छ।

Related