रसायनिक मलको चरम अभाव हुदा पनि पोखरामा उत्पादित प्राङ्गारिक मलले बजार पाएन
"सरकरको स्पष्ट नीति र कृषकहरुमा प्राङ्गारिक मल प्रति प¥याप्त जानकारीको अभाव "
तपाईको प्रतिक्रिया





देशभर रसायनिक मलको चरम अभाब भएको बेला पोखरामा गण्डकी ऊर्जा प्रालिले उत्पादन गर्दै आएको प्राङ्गारिक मलले बजार नपाउँदा समस्या देखिएको छ ।
२५ कारोडको लगानीमा स्थानिय १४ जना युवा मिलेर एक वर्षअघि सञ्चालनमा ल्याएको गण्डकी ऊर्जा प्रालिले कुहिने फोहोरलाई प्रशोधन गरी बायोग्यास र प्राङ्गारिक मल उत्पादन गर्दै आएको छ।
पोखरा महानगरपालिका–३२, मझुवामा स्थापना गरिएको उद्योगले कुहिने फोहोरबाट दैनिक सय सिलिन्डर ग्यास र प्राङ्गारिक मल उत्पादन गरिरहेको छ ।
कम्पनीले प¥याप्त मात्रामा बायोग्यास र प्राङ्गारिक मल उत्पादन गरे पनि बजार अभावको समस्या भोगिरहेको छ ।
बजारमा अहिले रसायनिक मलको चरम अभाव हुदापनि सरकरको स्पष्ट नीति र कृषकहरुमा प्राङ्गारिक मल प्रति प¥याप्त जानकारीको अभावका कारण स्थानियस्तरमै उत्पादित मलले बजार पाउन नसकेको हो ।
वातावरण र स्वास्थ्यका दृष्टिले प्राङ्गारिक मलको प्रयोग लाभदायीक भएपनि सरकारले स्थानीय स्तरमा उत्पादित मललाई
प्रथामिकतादिन नसक्दा प्राङ्गारिक मल उत्पान गर्ने उद्योगहरु समस्यामा परेको उद्योगका निर्देशक कुशल गुरुङले बताए ।
सरकारले कृषकलाई रसायनिक मलमा अनुदान दिएर त्यसतर्फ आर्कषित गरेको उनको ठहर छ । उनले सरकारले स्वदेशी उत्पादनलाई प्राथमिकतामा नराखेकोमा सरकारसँग गुनासो पोखे ।
‘बजारमा मलको चरम अभाव छ। तर, हामीले मल बिक्री नभएर उत्पादन घटाएका छौं, रसायनिक मलप्रतिको मोह सरकारले नै
बढाएको छ’ उनले भने ।, ‘त्यसमाथि किसान माझ प्रांगारिक मल प्रयोग गर्दा प्रतिफल राम्रो हुँदैन भन्ने जे भ्रम छ, त्यसले पनि मल बिक्रीमा असर गरेको छ ।’
रसायनिक मलको तुलनामा प्रांगारिक मल दीर्घकालिन रुपमा फाइदाजनक छ ।
कम्पनीले बजारबाट उठेका कुहिने फोहोर, पशु फार्म, गोबर र कुखुराको सुलिलाई प्रशोधन गरेर बायोग्यास सहित प्रांगारिक मल उत्पादन गर्दै आएको छ ।
कम्पनीले दैनिकि ३ देखि ५ टन मल उत्पादन गर्ने क्षमता भए पनि बजार अभावमा कम्पनी क्षमताविहिन भएर बस्नुपरेको निर्देशक गुरुङ बताउँछन् ।
‘गोदाममा यति बेला २ सय टन बढी मल स्टकमा थन्किएर बसेको छ’ उनले भने । ‘अन्य समयमा मासिक १ सय ५० टन उत्पादन हुने मल बजार अभावसंगै ५० टनमा झारिएको छ।’
कम्पनिले ३० रुपैयाँ प्रति केजीमा मल वितरण गर्दै आएको छ । ‘सरकारले रसायनिक मलमा मात्र अनुदान दिएर प्रांगारिक मललाई कुनै अनुदानको ब्यवस्था नगरेको गुरुङको गुनासो छ।
सरकारले आर्थिक वर्षमा रसायनिक मलको लागि ११ अर्ब बजेट छुटाएको तर प्रांगारिक मललाई प्रोत्साहन गर्ने भन्ने उल्लेख भएपनि कुनै ब्यवस्था नगरेको उनले बताए।
‘रसायनिक मलालाई बजेटको ब्यवस्था गर्ने सरकारले स्वदेशी प्रांगारिक मल उद्योगलाई अनुदानको ब्यवस्था नगर्नूले प्रांगारिक मललाई उपेक्षा गरेको प्रष्ट देखिन्छ’ निर्देशक गुरुङले भने ।
पोखरा महानगरपालिकाले गत आर्थिक बर्ष २०७५।०७६ मा प्रांगारिक मल खरिदका लागि अनुदानस्वरुप २० लाख बजेट विनियोजन गरेकोमा आर्थिक बर्ष २०७६।
०७७ मा घटाएर ५ लाख मात्र बजेट विनियोजना गरेबाट प्रांगारिक उद्योग प्रति उसको दृष्टिकोण प्रष्टिएको निर्देशक गुरुङले गुनासो पोखे ।
स्थानीय युवा उद्यमी मिलेर प्लान्ट निर्माण गरेको कम्पनीका सञ्चालक कुशल गुरुङले बताए ।
उनका अनुसार प्लान्टमा अहिले गाईभैंसीको गोबर, कुखुराको सुली र बंगुरको खोरबाट निस्किएको फोहोरलाई कच्चा पदार्थका रूपमा प्रयोग गरिन्छ ।
प्लान्ट सञ्चालन गर्न महानगरपालिकाबाट दैनिक उत्पादन हुने फोहोरलाई समेत प्रयोग गर्न सकिन्छ । तर, महानगरपालिकाले कुहिने र नकुहिने फोहोर नछुट्याएका कारण प्रयोगमा ल्याउन नसकेको उनले बताए ।
उद्योगमा फोहोर घोल्न तीन ओटा टंकी निर्माण गरिएको छ । शुरूमा गाई, भैंसी, कुखुराको मल तथा घरबाट निस्कने कुहिने फोहोर र पानीको उचित मात्रा मिलाएर मिक्सिङ टंकीमा घोलिन्छ ।
घोल पाइपको माध्यमबाट डाइजेस्ट टंकीमा पठाइन्छ । डाइजेस्ट टंकीबाट रेसिड्यु टंकीमा पुगेपछि ग्यास पाइपमार्फत फिलिङ स्टेशनमा पठाइन्छ भने मल अर्को ठाउँमा जम्मा गरिन्छ ।
कास्कीमा अहिले ३ वटा प्राङग्रारिक मल उत्पादन गर्ने कम्पनी रहेका छन् । जसमध्य गण्डकी उर्जा पनि एक हो ।
गण्डकी उर्जाले उत्पादन गरेको मललाई आवश्यक मापदण्ड र ल्याब परीक्षण गरेर सरकारले प्रमाणित गरि प्रमाणपत्र समेत प्रदान गरिसकेको छ ।
Related