• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा मल्टिमोडलमा विद्यार्थीलाई बिदाई

  •      /१ बैशाख २०७५, शनिबार १४:४९ ,  प्रकाशीत
  • पोखरा, १ बैखाख । पोखरा मल्टिमोडल क्याम्पसले कक्षा १२ र ब्याचलर अन्तिम वर्षका विद्यार्थीहरुलाई बिदाई कार्यक्रा तथा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरेको छ । नयाँ वर्षको अवसरमा पारेर आयोजनागरिएको कार्यक्रममा शुभकामना आदान प्रदान समेत गरिएको थियो।
    कार्यक्रमका प्रमुख अतिथि पृथ्वीनारायण क्याम्पस पोखराका प्रमुख प्रा.डा. चन्द्रबहादुर थापाले राज्यले शिक्षा क्षेत्रमा लगानी नगरेसम्म यस क्षेत्रमा आशातित विकास हुन नसक्ने बताए । उनले विद्यार्थीले प्रमाणपत्रका लागि मात्र अध्ययन गर्न नहुने भन्दै ज्ञान, सीप, अनुभव हासिल गरी जीवन सार्थक बनाउन पढ्नुपर्ने बताए । विद्यार्थी नैतिकवान्, चरित्रवान् हुनुपर्नेमा उनको जोड थियो ।
    क्याम्पसका प्रबन्ध निर्देशक राजकुमार गिरीले सञ्चालक समिति पुनर्गठन भएको र अब नयाँ कार्यक्रम लिएर झनै प्रभावकारी अध्ययन प्रक्रिया अवलम्बन गरिने बताए ।
    क्याम्पस प्रमुख कृष्णबहादुर केसीले राम्रो शिक्षा मात्र नभई उपयोगी व्यवहारिक शिक्षा आवश्यकबोध गरी क्याम्पसले निरन्तर यसतर्फ विभिन्न कार्यक्रम आयोजना गरेको उल्लेख गरे ।
    क्याम्पसका अध्यक्ष लिलाधर बरालले अभिभावक र विद्यार्थीसँग राम्रो सम्बन्ध स्थापित गर्दै क्याम्पसले लामो समयदेखि गुणस्तरीय शिक्षा प्रदान गरेको दावीगरे ।
    प्राध्यापक संघ इकाई समितिका अध्यक्ष नगेन्द्रबहादुर भण्डारीले लामो अनुभव बटुलेका शिक्षकहरुबाट क्याम्पसमा गुणस्तरीय शिक्षा प्रदान भईरहेको जनाए ।
    सो अवसरमा विद्यार्थीका तर्फबाट कक्षा १२ विज्ञान संकायका निरज थापा, व्यवस्थापन संकायका सुरज पाण्डे, बिबिएस चौथो वर्षका आरती बञ्जराले बिदा भएर जाँदै गर्दा क्याम्पसका पढाईबारे बोलेका थिए । यस्तै, कक्षा ११ का विज्ञान संकायकी निता प्रधान र व्यवस्थापन संकायकी श्रीया गिरीले अग्रजहरुलाई सफलताको कामना गरेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.