• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा महानगरद्वारा दुई ज्येष्ठ नागरिकलाई सम्मान

"नगद १० हजार १ सय २५, फूलमाला र दोसल्ला ओढाएर सम्मान "
  •    शुभेच्छा न्यूज  /१५ आश्विन २०७७, बिहीबार १५:५७ ,  प्रकाशीत
  • अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा पोखरा महानगरपालिकाले २ ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।

    ३० औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसमा १ सय ७ वर्षीया कलावती गिरी र १ सय ४ वर्षीय तेजबहादुर गुरुङलाई महानगरले सम्मान गरेको हो । कोरोना भाइरसका कारण महानगरले दुबै जनालाई उहाँहरुकै घरमा पुगेर सम्मान गरेको हो ।

    पोखरा ११ रानीपैवाका गुरुङलाई पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र पोखरा २४ की गिरीलाई पोखरा

    महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले नगद १० हजार १ सय २५, फूलमाला र दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो ।

    महानगरले प्रत्येक वर्ष ज्येष्ठ नागरिक मध्ये २ जनालाई सम्मान गर्र्दै आएको छ । महानगरले उनीहरुलाई नगर पिता र नगर आमाको रुपमा सम्मान गरेको हो ।

    कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख जिसीले हाम्रो आनीबानी र खानपानमा ख्याल नगर्दा आफ्नो आयु आफैले घटाइहेको बताउनुभयो ।

    ‘नियमित अनुशासनमा बस्ने र खानपानमा ख्याल गर्ने हो भने आयु बढ्छ भन्ने मेरो विश्वास छ,’ जिसीले भन्नुभयो । उहाँले सम्मानले सकारात्मक सोचको विकास गराउने बताउनुभयो ।

    ज्येष्ठ नागरिकको मनमा चोट पुग्ने काम कसैले पनि गर्न नहुने र उनीहरुलई सम्मानपूर्वक बाच्ने वातावरण मिलाउनु पर्ने भनाइ उहाँको थियो । सम्मानित गुरुङले खादा लगाएर महानगर प्रमुखलाई आर्शीवाद दिनुभएको थियो ।

    उपप्रमुख गुरुङले ज्येष्ठ नागरिकलाई माया, सद्भाव र सम्मान व्यक्त गर्नुपर्ने बताउनुभयो ।

    ज्येष्ठ नागरिकहरुलाई परिवारका सदस्यहरुले कुनै दुःख कष्ट नदिई पालनपोषण गर्नुपर्नेमा जोड दिँदै नेपालको संविधानले ज्येष्ठ नागरिकको संरक्षणका बारेमा स्पष्ट व्यवस्था गरेको बताउनुभयो ।

    स्थानीय सरकार पोखरा महानगरले पनि ज्येष्ठ नागरिकको क्षेत्रमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको बताउँदै यस आर्थिक वर्षबाट

    पोखरा महानगरपालिकाभित्र सार्वजनिक यातायाताको भाडा निशुल्क गर्ने गरी २० लाख रुपैंयाँ बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो ।

    सम्मानित महानगर माता गिरीले आफ्नै घरमा सम्मानित हुन पाएकोमा खुशी लागेको बताउनुभयो । आफनै घरमा सम्मान हुने अवसर प्राप्त गरे,’ उहाँले भन्नुभयो, तपाईहरु सबैको राम्रो होस।’

    वडा नम्बर २४ का अध्यक्ष ओमप्रसाद सुवेदीले आफ्नै वडाको ज्येष्ठ नागरिकलाई सम्मान पाउनु सुखेद भएको बाउँदै सम्मानित व्यक्तित्वको सुस्वास्थ्य र दीर्घायूको कामना गर्नुभयो ।

    कार्यपालिका सदस्य सन्तु सुवेदीले ज्येष्ठ नागरिकलाई अपमान र हेयको दृष्टिले हेर्न नहुने बताउनुभयो ।

    वडा नम्बर ११ अध्यक्ष मोहनप्रसाद बास्तोलाको अध्यक्षतमा भएको कार्यक्रममा नगर सदस्य तीर्था गुरुङ र पोखरा महानगरपालिकाको

    सामाजिक विकास महाशाखाका अधिकृत गीता न्यौपाने निरौनाले ज्येष्ठ नागरिकको बारेमा बोल्नु भएको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.