• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सहकारी सहकार्यबाट चल्नुपर्छः अध्यक्ष कुँवर

  •    शुभेच्छा न्यूज  /१५ आश्विन २०७७, बिहीबार १६:०१ ,  प्रकाशीत
  • अन्नपूर्ण गाउँपालिका–१, नागडाँडा स्थित श्री शिखर वचत तथा ऋण सहकारी संस्थाको प्रारम्भिक साधारणसभा सम्पन्न भयो।

    कार्यक्रममा भनाई राख्दै प्रमुख अतिथी गाउँपालिका अध्यक्ष युवराज कुँवरले सहकारी संस्था सहकार्यबाट चल्नुपर्नेमा जोड दिर्दै सहकारीले न्यून व्याजदरमा गरिवहरुमा पनि ऋण प्रवाह गर्नुपर्नेमा जोड दिए ।

    गाउँपालिका उपाध्यक्ष सगुन गुरुङले सहकारीलाई सहकार्यको मर्म अनुसार टोलटोलसम्म पु¥याउनुपर्ने तर्क गरिन् ।

    सो कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यवराज अधिकारी, शिक्षा अधिकृत वलराम भुगाई, सहकारी शाखा प्रमुख

    ठाकुरप्रसाद अधिकारी, वडाध्यक्षहरु क्रमश १ का भरतजंग कुँवर, २ का चुडामणि अधिकारी र ३ का चन्द्रबहादुर गुरुङले पनि भनाई राखेका थिए।

    उक्त साधारणसभाले सुशिल भट्टचनको अध्यक्षतामा रहेको तदर्थ समितिलाई पूर्णता दिएको छ ।

    जसअनुसार उपाध्यक्षमा राजकुमार गुरुङ, सचिवमा शिवहरी सुवेदी, कोषाध्यक्षमा विरेन्द्र गुरुङ तथा सदस्यहरुमा चित्रमोहन सुवेदी, निमा गुरुङ, प्रकाश सुवेदी, प्रकाश गुरुङ, शंकर केसी, महेश्वर पौडेल र जुमबहादुर दमै छन् ।

    त्यस्तै गोविन्द सुवेदीको संयोजकत्वमा लेखा समिति पनि गठन गरिएको छ।जसका सदस्यहरुमा कृष्णप्रसाद पौडेल र हरी केसी छन्।त्यसैगरी प्रकाश सुवेदीको संयोजकत्वमा कुशल सुवेदी र रामबहादुर गुरुङ सदस्य रहेको शिक्षा उपसमिति पनि गठन गरिएको छ।

    कार्यक्रमका बीच सचिव शिवहरी सुवेदीद्वारा प्रस्तुत संस्थागत प्रतिवेदन तथा कोषाध्यक्ष विरेन्द्र गुरुङबाट प्रस्तुत आर्थिक प्रतिवेदन छलफल सहित अनुमोदन गरिएको छ।

    उक्त साधारणसभाले सामाजिक र शिक्षा क्षेत्रमा गाउँपालिकासँग सहकारी गरी कार्य गर्ने, बस्तीस्तरमा सहकारी समूह निर्माण गर्ने तथा गरिवी निवारणका लागि न्यूनत्तम व्याजदरमा ऋण प्रवाह गर्ने लगायतका निर्णय गरेको अध्यक्ष सुशिल भट्टचनले जानकारी दिए।

    सहकारीका अध्यक्ष भट्टचनको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा सदस्य राजकुमार सुवेदीले स्वागत तथा सदस्य दिलबहादुर जिसीले कार्यक्रम संचालन गरेका थिए।सहकारीमा हाल कुल एक सय ४८ जना शेयर सदस्य छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.