• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नेकपा अन्नपूर्णमा वडा कमिटीको सपथ प्रारम्भ

  •    शुभेच्छा न्यूज  /१५ आश्विन २०७७, बिहीबार २१:०० ,  प्रकाशीत
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अन्नपूर्ण गाउँपालिका कमिटी अन्र्तगत रहेका विभिन्न वडा कमिटीको सपथ ग्रहण कार्यक्रम बिहीवारदेखि सुरु भएको छ।

    जसअन्र्तगत पहिलो दिन वडा नं. ३ कमिटिको सपथ ग्रहण सम्पन्न भयो।

    कार्यक्रमका बीच पार्टीका गण्डकी प्रदेश कार्यालय सदस्य पुण्यप्रसाद पौडेलले वडा कमिटी सदस्यलाई सपथ खुवाएका थिए ।

    त्यस अवसरमा भनाई राख्दै प्रदेश कार्यालय सदस्य पौडेलले पार्टी एकतालाई थप बलियो बनाउनुपर्नेमा जोड दिए ।

    उनले कम्युनिष्टले द्वन्दात्मक भौतिकवादमा विश्वास गर्ने उल्लेख गर्दै अव जनवर्गिय संगठन विस्तारलाई पनि अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याए।पौडेलले जनप्रतिनिधिले पार्टीको निर्देशन अनुसार कार्य गर्नुपर्ने तर्क गर्दै प्रतिपक्षसँग सजग हुँदै अगाडि बढ्नुको विकल्प नभएको समेत औँल्याए ।

    पार्टीका गाउँ कमिटी अध्यक्ष धर्मबहादुर गुरुङले शुभकामना व्यक्त गर्दै एकता, संघर्ष र रुपान्तरणको प्रक्रियाबाट पार्टी अगाडि बढ्ने स्पष्ट पारे।उनले नेपाली जनताको चाहाना विगतदेखि नै एउटै कम्युनिष्ट पार्टी हुनुपर्ने रहेको समेत औँल्याए।

    गाउँ कमिटी सचिव लक्ष्मीप्रसाद अधिकारीले पार्टी एकताका जटिलतालाई सबैले स्वीकार गर्नुपर्नेमा जोड दिर्दै सांगठनिक गतिविधिलाई

    अव तीब्र बनाउनुपर्ने बताए।पार्टी एकता तेल र पानीको घुलनशील जस्तो नभई चिनी पानी जस्तो हुनुपर्ने समेत उनको भनाई थियो।

    सो अवसरमा जिल्ला सदस्य दुर्गा भण्डारी, गाउँकमिटी सदस्य विष्णुबहादुर केसी, गाउँपालिका उपाध्यक्ष सगुन गुरुङ, गाउँपालिका

    कमिटि सदस्य भेषराज पौडेल, पार्टी वडा नं. १ का अध्यक्ष सुर्य परियार, २ का अध्यक्ष वेदप्रसाद शर्मा, स्थानीय नेता चर्तुरमान

    विश्वकर्मा लगायतले पनि धारणा राखेका थिए ।

    उनीहरुले संगठन विस्तारमा जोड दिनुपर्ने, पार्टी कार्यलाई निर्वाचन केन्द्रीत गर्नुपर्ने, सपथ ग्रहणसँगै सदस्यले जिम्मेवारी वोध गर्नुपर्ने,

    एकतालाई जनताको तहसम्म पु¥याउनुपर्ने, कम्युनिष्टको मूल सिद्घान्तलाई बलियो बनाउने गरी कार्य गर्नुपर्ने, पार्टी एकतालाई आत्मसात गर्नुपर्ने तथा कार्यकर्तालाई प्रशिक्षण दिनुपर्ने लगायतका धारणा उल्लेख गरेका थिए ।

    वडा कमिटी अध्यक्ष हरी शर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम वडा कमिटी सचिव पुण्यप्रसाद पौडेलले संचालन गरेका थिए ।

    वडा कमिटी २९ सदस्यिय रहेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.