गण्डकी विश्वविद्यालयको उपकुलपतिमा देवकोटा नियुक्त शुभेच्छा न्यूज /१६ आश्विन २०७७, शुक्रबार ०९:१४ , प्रकाशीत गण्डकी विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर नवराज देवकोटा नियुक्त भएका छन् । सामाजिक विकास मन्त्री नरदेवी पुनको संयोजकत्वमा गठित सर्च कमिटीले २ जनाको नाम सिफारिस गरेकोमा प्राडा देवकोटाले नियुक्ति हुनुभएको हो । देवकोटा कृषि तथा वन विश्वविद्यालय रामपुरमा कार्यरत हुनुहुन्छ । उपकुलपतिको पदावधि ५ वर्ष हुनेछ । उपकुलपति प्राडा देवकोटालाई विश्वविद्यालयका संरक्षक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबहाली गराउनु भएको छ । गण्डकी प्रदेशका लागि चाहिने हरेक खालका प्राविधिक र दक्ष जनशक्ति उत्पादनका लागि सरकारले यो विश्वविद्यालय स्थापना गरेको हो । विश्वविद्यालयले मेडिकल शिक्षाका साथै शिक्षण अस्पतालसमेत सञ्चालन तयारी थालेको छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
गण्डकी विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर नवराज देवकोटा नियुक्त भएका छन् ।
सामाजिक विकास मन्त्री नरदेवी पुनको संयोजकत्वमा गठित सर्च कमिटीले २ जनाको नाम सिफारिस गरेकोमा प्राडा देवकोटाले नियुक्ति हुनुभएको हो ।
देवकोटा कृषि तथा वन विश्वविद्यालय रामपुरमा कार्यरत हुनुहुन्छ । उपकुलपतिको पदावधि ५ वर्ष हुनेछ ।
उपकुलपति प्राडा देवकोटालाई विश्वविद्यालयका संरक्षक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबहाली गराउनु भएको छ ।
गण्डकी प्रदेशका लागि चाहिने हरेक खालका प्राविधिक र दक्ष जनशक्ति उत्पादनका लागि सरकारले यो विश्वविद्यालय स्थापना गरेको हो ।
विश्वविद्यालयले मेडिकल शिक्षाका साथै शिक्षण अस्पतालसमेत सञ्चालन तयारी थालेको छ ।
Related