• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कृषकको उत्पादन विचौलिया देखि जोगाउन पोखराको खपौदिमा किसान बजार सञ्चालन

"किसानले उचित मूल्य पाउन् र उपभोक्ता पनि नठगिउन् भन्ने उद्देश्यले किसान बजार सञ्चालन "
  •    शुभेच्छा न्यूज  /१६ आश्विन २०७७, शुक्रबार २०:१० ,  प्रकाशीत
  • किसानले उत्पादन गर्ने बस्तु सोझै उपभोक्ताले खरिद गर्ने गरी पोखराको खपौदिमा किसान बजार सञ्चालनमा आएको छ।

    किसानले उत्पादन गर्दा लागेको मिहिनेत अनुसार उचित मूल्य पाउन र उपभोक्ताले पनि किसानबाट सोझै खरिद गर्दा सस्तो मूल्यमा बस्तु पाउने गरी पोखरा–१८ खपौदिमा किसान बजार सञ्चालनमा आएको हो ।

    बजारको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले शुक्रबार उद्घाटन गरे। उनले किसानले उचित मूल्य पाउन् र उपभोक्ता पनि नठगिउन् भन्ने उद्देश्यले किसान बजार सञ्चालनमा ल्याइएको बताए।

    किसानलाई कृषि उत्पादनमा लाग्न प्रेरणा दिन र उपभोक्तालाई एक दुई पैसा भए पनि सस्तो र विषादीमुक्त गर्ने वातावरण बनाउने उद्देश्यले किसान बजार स्थापना गरिएको महानगर प्रमुख जीसीको भनाई थियो ।

    ‘किसानबाट सस्तोमा जाने र महङगोमा बेच्ने अवस्थाको अन्त्यका लागि किसानबाटै उपभोक्ताले किन्ने अवस्था सृजनाहोस भनेर

    बजार सञ्चालन गरेका हौ ।’पोखरा महानगरपालिकाको आर्थिक सहयोगमा भवन र स्टल बनाइ बजार सञ्चालनमा ल्याएको हो ।

    महानगरको ६ लाख रुपैयाँमा बजार सञ्चालनमा ल्याइएको महानगर कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए।

    किसान बजारमा किसान आफैंले उत्पादन गरेका बस्तु तरकारी, खाद्यान्न, दुग्धजन्य बस्तु, माछा, खसी, बोका लगायत स्थानीयले उत्पादन गरेका सामग्री बिक्री वितरणमा राख्न सक्ने व्यवस्था गरिएको छ ।

    किसानले उत्पादन गरेका बस्तु एक दुई दिन राख्नु परे पनि उचित व्यवस्थापनका लागि कोल्डस्टोरको व्यवस्था महानगरपालिकाले गर्ने पोखरा महानगरपालिकाका कृषि तथा पशु महाशाखा प्रमुख कडरियाले जानकारी दिए।

    महानगरपालिकाले डिजिटल तराजुलगायत बस्तु बिक्री गर्दा आवश्यक पर्ने सबै सामग्री महानगरपालिकाले नै व्यवस्था गरेको बताए।

    पोखरा महानगरपालिकाका तीन वडाका किसानले उत्पादन गरेका कृषिजन्य बस्तुहरु विक्री वितरण गर्न सहज हुने अपेक्षा गरिएको छ ।

    पोखरा महानगर १८, २४ र २३ का किसानले उत्पादन गरेका कृषिजन्य बस्तुहरु त्यहाँ राखेर बेच्न सकिने छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.