गण्डकी प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४ हजा ५९
"संक्रमितको संख्या ४ हजा ५९ "
तपाईको प्रतिक्रिया





गण्डकी प्रदेशमा थप ४३ जनामा कोरोना भइरसको संक्रमण पुष्टि भएको छ।
प्रदेशका विभिन्न ६ जिल्लामा थप ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ।
क्षयरोग उपचार केन्द्र, पोखरा र चितवन मेडिकल कलेज चितवनमा गरिएको परीक्षणमा तनहुँ , लमजुङ, नवलपरासी , गोरखा , स्याङ्जा र बागलुङ गरि ६ जिल्लाका ४३ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा तनहुँका ५ जना र लमजुङका ५ जनामा संक्रमण पुष्टि भएको छ ।
लमजुङको सुन्दरबजारमा १ महिला र १ पुरुष, राईनस वडा नम्बर ९ का १ पुरुष र दोर्दी वडा नम्बर १ कि १ महिलामा गरि ५ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ५९ पुगेको छ ।
Related