• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

व्यवसायीलाई राहतको कार्यक्रम ल्याउन पोखरा उद्योग वाणिज्य संघको माग

"प्रदेश सरकारले घोषणा गरेको कोषबाट राहत पाउने आशामा रहेका व्यवसायीहरु कार्यविधि नै नबन्दा निराश "
  •    शुभेच्छा न्यूज  /१९ आश्विन २०७७, सोमबार १९:१० ,  प्रकाशीत
  • पोखरा उद्योग वाणिज्य संघले गण्डकी प्रदेश सरकारले घोषणा गरेको व्यवसाय जीवन रक्षा कोषलाई तत्काल प्रयोगमा ल्याउन माग गरेको छ।

    संघले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दामु अधिकारीले प्रदेश सरकारले घोषणा गरेको कोषबाट राहत पाउने आशामा रहेका व्यवसायीहरु कार्यविधि नै नबन्दा निराश बनेको बताए ।

    ‘मृत्युपछि ओखतीको काम हुँदैन’,अध्यक्ष अधिकारीले भने,‘घोषणाको लागि मात्र कोष बनेको हो भने एउटा कुरा, हैन भने सो कोष तत्काल कार्यान्वयनमा आउनुपर्छ भन्ने संघको माग रहेको छ।’

    उनले बन्द गर्नु पर्ने अवस्थामा पुगेको व्यवसायलाई पुनर्जीवन दिनका लागि राज्यबाट सहयोगको टेकोे दिइयोस् भन्ने निजी क्षेत्रको माग

    रहेको बताउँदै नेपाल सरकारले आर्थिक वर्ष २०७७÷०७८ को मौदिक नीतिमार्फत् घोषणा भएको राहत प्याकेजहरु वास्तविक पीडित व्यवसायीले पाउनुपर्नेमा जोड दिए ।

    लकडाउन र निषेधाज्ञा खुले पनि उद्योग÷व्यवसायले गति लिन नसकेको उनको भनाई थियो ।

    अध्यक्ष अधिकारीले कोभिड–१९ ले सृजना गरेको विषतमताकै बीच कतिपय व्यवसायीहरु पलायन भएका तथा धेरैजसो व्यवसायीहरु बैंकबाट लिएको कर्जाको साँवा र ब्याज कसरी बुझाउने भन्ने तनावमा भएको बताए ।

    मेलाको आयब्य सार्वजनिक
    पोखरा उद्योग वाणिज्य संघले गत बर्ष आयोजना गरेको राष्ट्रिय औद्योगिक व्यापार मेलाबाट करिब ८ लाख ९० हजार ९२१लाख वचत भएको जनाएको छ ।

    अध्यक्ष दामु अधिकारीले मेलामा प्रवेश टिकटबाट १५ लाख ३१ हजार तथा विभिन्न शीर्षकमा भएका प्रायोजक लगायतका स्रोतबाट ८२ लाख ९२ हजार ४०० गरि ९८ लाख २३ हजार ४०० आम्दानी गरेको बताए।

    सबै खर्च कटाउँदा वचत रकम कम भएको उनले जानकारी दिए ।

    संघले वचतको लागि मेला आयोजना नगरेको प्रष्ट पार्दै अध्यक्ष अधिकारीले उद्यमशीलता विकास तथा उपभोक्ता र उत्पादकलाई एउटै थलोमा भेट गराउनु मेलाको उदेश्य भएको जिकिर गरे ।

    उनले कोरोनाका कारण आम्दानीका हिस्सा अझै संघको खातामा नआएको जनाउँदै भुक्तानी पनि फरफारक हुन नसकेको प्रष्ट पारे।

    संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले मेला र महोत्सवको प्रवर्तक संघले कोरोना कहर सकिनासाथ मेलाको आयोजना गर्ने जानकारी दिए ।

    कोरोना कहर नसकिएकोले सुरक्षित रहँदै व्यवसाय गर्न उनले व्यवसायीहरुसँग आग्रह गरे ।

    संघका महासचिव अर्जुन पोखरेलले लामो इतिहास बोकेको पोखरा उद्योग वाणिज्य संघ व्यवसायीको हकहितको अलावा सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय रहेको स्मरण गरे ।

    पोखरा उद्योग वाणिज्य संघले २०७६ पुस १८ देखि २८ गतेसम्म आयोजना भएको समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला,२०७६ को आयोजना गरेको थियो ।

    नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी तथा पोखरा उद्योग वाणिज्य संघको आयोजनामा मेलाको आयोजना गरिएको थियो ।

    मेला सम्पन्न गर्न नेपाल उद्योग वाणिज्य महासंघका मेला समितिका सभापति श्री दिलसुन्दर श्रेष्ठको संयोजकत्वमा ४५१ सदस्यीय मेला मुल आयोजक समिति तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्षतामा अध्यक्षतामा कार्य सम्पादन समिति गठन गरिएको थियो ।

    सोमबार नै बसेको मुल समारोह समिति तथा कार्यसम्पादन समितिको बैठकले मेलाको आय–व्ययको विवरण पारित गरेको थियो भने दुबै समिति विघटन पनि गरिएको थियो ।

    मेला सम्पन्न गर्न २८ वटा उपसमितिको गठन गरिएको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.